• क्षत्री समाज नेपालको तेश्रो महाधिवेशन चैत्र २३ गते हुँदै

    April 3, 2019     8:31 pm

    पोखरेली न्युज चैत २० /
    राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता आजको आबश्यकतालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालको ए्ेतिहासिक तेस्रो महाधिबेशन यही चैत्र २३ र २४ गते हुने भएको छ ।


    उक्त तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।


    क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले जनसंख्या सँगै शक्तिमा पनि ठुलो रहेको यस समुदायलाई प्राय सेवासुविधा जस्ता बिषयमा बन्चित गराउने कोसिस राज्यले गरेको प्रति असन्तुष्ट व्यक्त गर्नुभयो । राज्यबाट प्रत्येकजाती सम्प्रदायलाई समान हकअधिकार, सुविधा एवं व्यवहार गरिनुपर्ने धारणा स्थापित गर्न आन्दोलनमा उर्तिनु परेको उहाँको भनाई थियो ।


    कार्यक्रममा बोल्दै क्षेत्री समाज नेपालका संरक्षक एवं निवर्तमान अध्यक्ष दिलबहादुर थापाले गाउँ, नगर, क्षेत्र, जिल्ला एवं प्रदेशका ६० भन्दा बढी जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने बताउनुभयो । कार्यक्रममा आन्दोलन गर्ने हतियार के ? भन्ने बिषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ थापाले क्षत्रीहरुले उठाएको आवाज नै मुख्य हतियार रहेको बताउनुभयो । खस क्षत्री जातिय समाजमा जोडिएका भएपनि शार भने भिन्न रहेको उहाँले बताउनुभयो ।


    क्षत्री समाज नेपालले विगतका वर्षहरुमा गर्दै आएका माग र मुद्दाहरु पुरा गर्न एकजुट भएर लागिपर्नु अपरिहार्यता अनुसार थप प्रभावकारी र दवाव मुलक कार्यक्रम गरिने समाजका महासचिव रोमबहादुर कार्कीले बताउनुभयो । साथै धार्मिक स्तन्त्रता सहितको हिन्दु राष्ट्र नेपाल कायम गर्नुपर्ने माग सहित देशव्यापी कार्यक्रम गरिने उहाँले बताउनुभयो ।


    त्यस्तै राज्यको विभिन्न तहमा समान पहुँचका लागि जातिय जनसंख्याको प्रतिसतका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित कायम गराउन माग गर्दै आरक्षण जातिय रुपबाट भन्दा विपन्न वर्गलाई उपलब्ध गराउनु पर्नेमा कार्यक्रममा जोड दिईएको छ ।


    राष्ट्रिय अखण्डता, धार्मिक सहिष्णुता, जातिय सद्भाव र समन्वयको मर्मको रक्षा गर्न सम्पुर्ण जातजाति एकजुट हुन अति आवश्यक रहेको नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं क्षत्री महिला समाज नेपालका केन्द्रिय महासचिव बिमला भण्डारीले बताउनुभयो ।


    कार्यक्रममा बोल्दै क्षत्री समाज नेपालका केन्द्रिय सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले पोखरामा हुन लागिरहेक चार वर्षको लागि नयाँ कार्यसमिति चयनमा विगतका वर्षहरुमा जस्तै कस्केली सरोसकारवालाबाट विशेष सहयोगको अपेक्षा राखिएको बताउनुभयो ।


    क्षत्री समाज नेपालको तेश्रो महाधिवेशनमा देशभरबाट हजारौँ क्षत्रीको उपस्थितिमा हुने महाधिवेशनमा प्रमुख अतिथी पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा एवं बिशिष्ट आमन्त्रित ब्यक्तित्वहरुमा पूर्व उपप्रधानमन्त्री भिम रावल, पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व उपप्रधान मन्त्री चित्र बहादुर के.सी र पूर्व प्रधान सेनापती रुक्माङ्गत कटवाल रहनु हुनेछ ।


    महाधिवेशन सफल पार्नका लागि केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न समिति एवं उपसमिति गठन गरिएको छ ।
    ¥याली बिहान १०ः३० बजे मानबअधिकार चोकबाट शुरु भई प्रर्दशनी केन्द्र नयाँबजारमा गएर सभामा परिणत हुनेछ ।


    सो महाधिवेशनमा क्षत्री जातीको भेषभुषा, सारुन नृत्य र अन्य झाँकीहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।