• займ онлайн

    मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार, यस्ता छन् प्रतिस्पर्धी

    January 17, 2020     11:03 pm

    पोखरा, ३ माघ । पाँचौ संस्करणको मिस तामाङ पोखरा शनिवार हुने भएको छ । पोखरा सभागृहमा मध्यान्ह १२ बजे बाट शुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले जनाएकाे छ। समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताएका हुन् ।

    मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको यो ल्होसार म्युजिक फेस्टिभल को यो सातौ संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ हुन लागेको हो । प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउदै छन् । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् ।

    २८५६ औं मञ्जुश्री संवत सोनाम ल्होसारको अवसरमा सम्पुर्ण महानुभावहरुमा हार्दिक शुभकामना । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा सातौं ल्होसार म्युजिक फेस्टिभल तथा पाँचौ मिस तामाङ्ग पोखराका प्रतियोगिहरु
    स्थान ः पोखरा सभागृह, पोखरा
    मिति ः २०७६ माघ ४ शनिवार
    समय ः मध्यान्ह १२ बजे देखि

    नाम ः आकृति भोलान तामाङ्ग
    प्रतियोगी नम्बर ः १
    ठेगाना ः लेकसाइड, पोखरा
    रुची ः गायन, नृत्य
    लक्ष्य ः समाजसेवा
    सन्देश ः कर्म गर्नुृ , फलको आशा नगर्नु ।
    नाम ः सृजना घिसिङ्ग तामाङ्ग
    प्रतियोगी नम्बर ः २
    ठेगाना ः पोखरा
    रुची ः भ्रमण
    लक्ष्य ः समाजसेवा
    सन्देश ः आफु बाच्नु मात्र बाच्नु होइन, अर्काको लागि बाच्न सक्नु नै सार्थक जीवन हो ।
    नाम ः किस्मत स्याङ्गवो तामाङ्ग
    प्रतियोगी नम्बर ः ३
    ठेगाना ः तनहुँ, हाल नयाँगाउँ, पोखरा
    रुची ः नृत्य, भ्रमण, अभिनय तथा खाना पकाउन
    लक्ष्य ः उत्कृष्ट सेफ बन्ने
    सन्देश ः समाजसेवा नै देशको सेवा हो ।
    नाम ः कोमल तामाङ्ग
    प्रतियोगी नम्बर ः ४
    ठेगाना ः मकवानपुर हाल बुद्धचोक, पोखरा
    रुची ः नृत्य
    लक्ष्य ः सफल कलाकार
    सन्देश ः मौलिक भाषा संस्कृतिको जगेर्ना गरौं ।
    नाम ः शशिकला बोम्जन तामाङ्ग
    प्रतियोगी नम्बर ः ५
    ठेगाना ः लेकसाइड, पोखरा
    रुची ः समाजसेवा
    लक्ष्य ः पाइलट बन्ने
    सन्देश ः जित्नु भन्दा ठुलो कुरा सिक्नु हो ।
    नाम ः सुजाता गोले तामाङ्ग
    प्रतियोगी नम्बर ः ६
    ठेगाना ः रानीपौवा, पोखरा
    रुची ः भ्रमण, गीत सुन्ने, नया साथी बनाउने
    लक्ष्य ः समाजसेवा
    सन्देश ः अधिकार र स्वतन्त्रता मात्रै होइन, जिम्मेवारी कर्तब्यलाई पनि बिर्सनु हुदैन ।
    नाम ः भुमिका थिङ्ग तामाङ्ग
    प्रतियोगी नम्बर ः ७
    ठेगाना ः लेकसाइड, पोखरा
    रुची ः नृत्य, भ्रमण
    लक्ष्य ः असल व्यक्ति बन्ने
    सन्देश ः कुनै पनि जातीको पहिचान भनेको त्यो जातीको भाषा, संस्कार र संस्कृति हो ।
    नाम ः सलिना वाइवा तामाङ्ग
    प्रतियोगी नम्बर ः ८
    ठेगाना ः औधोगिक क्षेत्र, पोखरा
    रुची ः नृत्य, चित्रकला
    लक्ष्य ः फेशन डिजाइनर बन्ने
    सन्देश ः सपना त्यो हो जसले निदाउन दिदैन ।
    नाम ः विन्दु वाइवा तामाङ्ग
    प्रतियोगी नम्बर ः ९
    ठेगाना ः अमरसिंह चोक, पोखरा
    रुची ः नृत्य, गायन, घुमघाम
    लक्ष्य ः सफल एयरहोस्टेज
    सन्देश ः व्यक्तित्व विकास नै सफलताको आधार हो ।
    नाम ः सृजना ब्लोन तामाङ्ग
    प्रतियोगी नम्बर ः १०
    ठेगाना ः नालामुख, पोखरा
    रुची ः भ्रमण तथा नया साथी बनाउने
    लक्ष्य ः समाजसेवा
    सन्देश ः चेतनाले नै विभेदको अन्त्य गराउछ ।
    नाम ः मनिषा गोम्जा तामाङ्ग
    प्रतियोगी नम्बर ः ११
    ठेगाना ः सिम्पानी, पोखरा
    रुची ः गायन
    लक्ष्य ः सफल ब्यक्ति बन्ने
    सन्देश ः हरेक परिवर्तनका लागि शुरुवात आफैबाट गर्नुपर्छ ।
    नाम ः सुमिक्षा दोम्जन तामाङ्ग
    प्रतियोगी नम्बर ः १२
    ठेगाना ः लामाचौर पोखरा
    रुची ः नृत्य
    लक्ष्य ः सफल नर्स
    सन्देश ः आधुनिक संस्कृतिमा हैन आफ्नै संस्कृतिमा रमाउन सिकौं ।
    नाम ः प्रिती वाइवा तामाङ्ग
    प्रतियोगी नम्बर ः १३
    ठेगाना ः पोखरा
    रुची ः नृत्य, गायन
    लक्ष्य ः सफल व्यवसायी बन्ने
    सन्देश ः सफल बन्नका लागि आफु भित्रको क्षमतालाई चिन्न सक्नुपर्छ ।
    नाम ः अनिशा स्याङ्गवो तामाङ्ग
    प्रतियोगी नम्बर ः १४
    ठेगाना ः भेडीफाराम, पोखरा
    रुची ः नृत्य, भ्रमण, खेलकुद
    लक्ष्य ः सफल कलाकार
    सन्देश ः युव शक्ति देशमै काम गरे देश विकास सम्भव छ ।
    नाम ः सरस्वती थोकर तामाङ्ग
    प्रतियोगी नम्बर ः १५
    ठेगाना ः भेडीफाराम, पोखरा
    रुची ः नृत्य, गायन, भ्रमण
    लक्ष्य ः सफल मोडेल बन्ने
    सन्देश ः जीवनमा सदैव कर्मशिल बन्नु पर्छ ।
    नाम ः रेनु स्याङ्गतान तामाङ्ग
    प्रतियोगी नम्बर ः १६
    ठेगाना ः लेकसाइड, पोखरा
    रुची ः नृत्य, गायन
    लक्ष्य ः समाजसेवा
    सन्देश ः सबैलाई समान रुपमा हेरेर व्यवहार गर्नु नै मानव धर्म हो ।
    नाम ः स्वस्तिका लोप्चान तामाङ्ग
    प्रतियोगी नम्बर ः १७
    ठेगाना ः लामाचौर, पोखरा
    रुची ः नृत्य, भ्रमण
    लक्ष्य ः नर्स बन्ने
    सन्देश ः युवाहरु नै आफ्नो भाषा संस्कार जान्न जागरुक हुनपर्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।