• सिद्ध माविमा अन्तरमाध्यमिक स्तरिय भलिबल प्रतियोगिता सुरु

    March 6, 2019     8:44 pm

    पोखरेली न्युज २२ फागुन / पोखरा ।
    सिद्ध मावि पोखरा १५ फलेपाटनमा अन्तरमाध्यमिक स्तरिय त्रिदिवसीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल जापान एजुकेशनल सपोर्ट क्लवको प्रायोजन र सिद्ध माविको आयोजनामा भएको हो ।

    प्रतियोगिताको उद्घाटन खेलमा हार्वड एकेडेमी र रेम्बो एकेडेमीबीच भएको खेलमा हार्वडले रेम्बोलाई २५।१९, २५।२२ को सोझो सेटमा हराएको छ । त्यस्तै दोस्रो खेलमा आयोजक सिद्ध मावि समूह क र रामेश्वरी मावि बिच भएको खेलमा सिद्ध माविले रामेश्वरी माविलार्ई २५।१५, २५।१७ को साझो सेटमा हराएको हराएको छ ।

    प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय पुरस्कार, क्रमश रु २५ हजार, १५ हजार र रु १० हजार रहेको छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले खेलले हाम्रो जीवनलाई तन्दुरुस्त बनाउने र मैत्रीपूर्ण खेलले विद्यार्थीमा सकरात्मक प्रभाव बताउनुभयो । त्यस्तै जापानिज नागरिक एवं जापान एजुकेशनल सपोर्ट क्लवका अध्यक्ष किम्जो यामासितोले विद्यार्थी तथा विद्यालयलाई खेलको माध्यमबाट सहयोग गर्न पाएकामा आफू निकै खुसी भएको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक शङ्कर ज्ञवालीले, कार्यक्रमको औचित्य विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द गिरिले, सञ्चालन शिक्षक जुना थापाले गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।