• प्रहरीले आस्था राउतको भिडियोबारे अनुसन्धान थाले

    January 16, 2020     4:49 pm

    २ माघ, काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्यस दिन के भएको थियो भन्नेबारे बुझ्न निर्देशन दिएका हौं ।’

    क्षेत्रीले राउतमाथि दुर्व्यहार भएको भए त्यो गलत हुने बताउँदै भने, ‘तर, उहाँले जसरी बोल्नु भएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुने उनले बताए । यसअघि बिहीबार राउतले एउटा भिडियो सन्देश जारी गरेकी थिइन् । जसमा उनले विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई प्रहरीले दुर्व्यहार गरेको जनाएकी छन् ।

    चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी थिइन् । उनले भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’- अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।