• भेट्रान एट–ए–साइड अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

    January 16, 2020     4:22 pm

    पोखरा, २ माघ । पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकले यहि माघ ६ देखि ११ गते सम्मपोखरा स्थित पुरानो टुँडीखेल मैदानमाआयोजनागर्ने “तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता”को सम्पूर्ण तयारी पुरा भएको छ ।

    “स्वास्थकालागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम”भन्ने मूलनारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ । नवौं संस्करणमा दुई विदेशी टिम सहित काठमाण्डौं, विरगन्ज, हेटौढा, चितवन, वुटवल, कैलालीलगायत स्थानिय टिम गरी करिब २८ टिम भि’ड्ने अध्यक्ष गुरुङले बताएका छन । स्मरण रहोस् आठौं संस्करणको प्रतियोगीतामा ए.वि.सी., पोखराको टिम विजेता रहेको थियो ।

    प्रतियोगितामा यस पटक बाट पुरुस्कार राशीमा १० हजार वृद्धी गरिएको अध्यक्ष गुरुङले बताएका छन । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपविजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्तगर्नेछ । त्यसै गरी यस वर्ष देखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदानगर्ने संस्थाले जनाएको छ ।

    त्यस्तै उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटन समारोहमापूर्व अन्तर्रा्ष्ट्रिय खेलाडी तथा प्रशिक्षक खड्क बहादुर रानाभाटलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने बगर भाई खलकले जनाएको छ । पाका र यूवा पुस्ताबिच खेलाडीहरुको सम्वन्धलाई विस्तार संगै खेलबाट नयां पिढीलाई खेलकूदप्रति अभिरुची जगाउन प्रतियोगिताले अहम भूमिका खेलेको अध्यक्ष गुरुङले बताए । उनले भने–“हामी भविष्यमा खेलाडी उत्पादनगर्ने लक्ष्यका साथ प्रतियोगीताको माध्यमबाट विगतमा संगै खेलेकापूर्व खेलाडीहरुको विचको सम्वन्ध नविकरण होस भन्ने चाहन्छौ ।”

    प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च लाग्ने र १७ लाख आम्दानी गरिने लक्ष्य रहेको संस्थाले जनाएको छ । स्व. रन्जित गुरुङका परिवार राजु गुरुङ्ग र विमला गुरुङ्ग, पदमराज गुरुङ्ग र सीता गुरुङ्ग, छोरी ज्वाइहरु मन्जु गुरुङ्ग र मेजर खुसीमान गुरुङ्ग (एम.भि.ओ) र जुली गुरुङ्ग थापा र राजु थापाले शंयूक्त रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन ।

    यसै गरी प्रतियोगितालाई वगर भाइखलक युकेले सह–प्रायोजन गर्ने भएको छ । वगर भाइखलक युकेबाट प्रतियोगिताका लागि आकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुपरुपमा पठाउने छ । प्रतियोगितालाई सह–प्रायोजक हिमाअस एजुकेशन कन्सल्टेन्सी, मुग्लान रेष्टुरेन्ट एण्ड बार, हिमश्री फुड्स रहेका छन भने विशेष सहयोगीको रुपमा युवा तथा खेलकूद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकूद परिषद, एस.ओ. एस. ग्रुप, काठमाण्डौं, भेट्रान ग्रुप हङ्गकङ्ग, अखिल नेपाल फुटबल संघ, वगर भाइखलक जापान, पर्यटन वोर्ड, पश्चिमाञ्चल खेलकूद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पोखरा महानगरपालिका वडा नं. १, गण्डकी ट्राउट फर्म रहेका छन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।