• मिस नेवा पोखरा ११४० का लागि आवेदन खुल्ला, नेवारी संस्कृति जोगाउन प्रतियोगिता

    January 15, 2020     9:11 pm

    सुरज श्रेष्ठ,पोखरा । नेवा खल ः कास्कीको आयोजनामा मिस नेवा पोखरा ११४० हुने भएको छ । चैत्र ८ गते पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

    प्रतियोगितामा १६ वर्ष माथि २२ वर्ष सम्मका नेवार समुदायका युवतीले भाग लिन सक्ने छन् । सहभागी जनाउन इच्छा भएकाले माघ १० गते सम्म आवेदन दिन सक्नेछन् । माघ १२ गते अडिसन हुने र माघ १७ गते देखि प्रशिक्षण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न विमल श्रेष्ठको संयोजकत्वमा १७ उपसमिति गठन गरिएको छ ।

    जसमा सहसंयोजक तथा अर्थ व्यवस्थापन विश्व विजुक्छे,सहसंयोजक तथा सचिव संगिता बज्राचार्य,तालिम संयोजक सेलिका श्रेष्ठ,तालिम संयोजक सेलिका श्रेष्ठ कोरियोग्राफर संयोजक सुलोचना शाक्य र कृपा श्रेष्ठ,स्वयम सेवक व्यवस्थापन संयोजक नारायण श्रेष्ठ,फोटोग्राफी संयोजक अनुज देबाजु,टिकट व्यवस्थापन संयोजक बिन्दु गुभाजु तथा सहयोगी मोहरिया सिंहनाथ टोल मिसापुच परिवार सांस्कृतिक कार्यक्रम संयोजक जितेन्द्र नापित,साउण्ड तथा हल व्यवस्थापन संयोजक प्रकाश श्रेष्ठ,व्यानर व्यवस्थापन संयोजक रेशमबाबु श्रेष्ठलाई चयन गरेको छ ।

    त्यस्तै निर्णायक मण्डल संयोजक स्वास्तिका श्रेष्ठ,मायाको चिनो व्यवस्थापन संयोजक आनन्द श्रेष्ठ,राजेन्द्र बहादुर प्रधान, डे«स डिजाइनर संयोजक रचियता माकाजु, प्रचार प्रसार संयोजक अनिशा श्रेष्ठ,श्रृंगार व्यवस्थापन संयोजक रसना श्रेष्ठ,सचिना ताम्राकार रहेका छन् ।

    नेवा खल ः कास्कीले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले हरेक वर्ष गर्दे आई रहेको प्रतियोगिता यस वर्ष देखि २ वर्षको अन्तरालमा गरिने बताए ।
    तालिममा प्रतियोगिहरुले नेवारी भाषा,साँस्कृतिक,नाच,संगीत तथा नेवारी सभ्यताका साथै व्याक्तित्व,नेतृत्व विकास प्रत्यक्ष लाभ लिने आयोजक नेवा खल ः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

    कार्यक्रममा अध्यक्ष पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा,संस्कृति जोगाउने एउटा अभियान भएको बताए । उनले भने ‘विश्वव्यापीकरण र प्रविधिको विकाससंगै हाम्रो संस्कार,संस्कृतिमा पनि केही चुनौती थपिएका छन,तर हामीले संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।’ यो प्रतियोगिता यसकै निरन्तरता भएको अध्यक्ष पालिखेले सुनाए ।

    मिस नेवा प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रमश ः ४०,२५ र १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । प्रतियोगितामा अन्य टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था रहेको छ । जसमा उत्कृष्ट नेवारी भाषा ७ हजार,भ्युअर्स च्वाइस,मस्ट ट्यालेन्ट,बेस्ट पर्सनालिटी,बेस्ट फे्रन्डली,बेस्ट समाइल र फोटोजेनिकलाई विधालाई समान ५/५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।