• займ онлайн

    विकासका लागि एकजुट हुनु आवश्यक ः सांसद पाहारी

    January 14, 2020     11:29 pm

    पोखरा, २९ पौष । ठूलाचौर पोखरा विकास समाजको तेश्रो वार्षिक साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

    पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाडामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले गाउँको विकासका लागि सबैजनाको एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासका आयोजनामा राजनिति भन्दा माथि उठेर योजनाबाट कसरी बढी समुदायलाई फाइदा हुन्छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ठुलाचौरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँमा सडक, पानी र स्वास्थ्यको सेवालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।

    कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अधिकारी, डा. गिरिधारी दाहाल, प्राध्यापक कपिलमणी दाहाल, गणेश प्रसाद दाहाल, ऋषिराम दाहाल लगायले कर्मथलो पोखरा भएपनि आफ्नो जन्मभुमि ठूलाचौरको विकासका लागि एकजुटहुने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा गाउँको विकास र ठुलाचौर पोखरा विकास समाजलाई सहयोग गर्ने समाजका सदस्यहरु, सुर्य दाहाल, नारायण प्रसाद अधिकारी र राज दाहाललाई सम्मान गरिएको थियो ।कार्यक्रममा समाजका कोषाध्यक्ष महेन्द्रराज दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, र सचिव मनोहरराज दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव जिवन दाहाल र कलाकार राजाराम दाहालले कार्यक्रममा सांगितिक प्रस्तुती राख्नुभएको थियो । समाजका अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष नारायण अधिकारी र सचिव मनोहर दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।