• займ онлайн

    युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना मुख्यमन्त्री ः गुरुङ

    January 14, 2020     11:26 pm

    गिता राना मगर, पोखरा २९ पुस । युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको अमरसिंह चौरमा सञ्चालित १० औ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारले पोखरामा जुलोजिकल पार्क चिडियाखाना निर्माण गर्ने साझा उद्देश्य बाकेर हिडेको र उद्देश्य एउटै रहेको वताएका हुन ।

    पोखरा रामबजार निवासी सताब्दी पुरुष १ सय १ वर्षिय क्याप्टेन कुल बहादुर गुरुङ र ९९ वर्षिय श्री माया गुरुङलाई सम्मान गरि महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले पोखरा महानगरपालिका ३०, ३१ र ३२ नम्बर वडा स्थित बेगनासताल र रुपातालको बीच भागमा रहेको सामुदायिक वनमा पोखरा जुलोजिकल पार्क निर्माण गर्ने सपना देखेको युनाईटेड क्लव त्यसमा पनि पोखरा महोत्सव संग गण्डकी प्रदेश सरकारको सपना जोडिएकोले त्यसलाई हौसला प्रदान गर्न आफु पोखरा महोत्सवको उद्घाटन समारोहमा सहभागी भएको वताउदै पोखरा जुलोजिकल पार्क निर्माण गर्ने युनाईटेड क्लवको सपना प्रदेश सरकारले साकार पार्ने वताए ।

    पोखरा महोत्सवको आयोजना गरी रकम संकलन गरी हाल सम्म जुलोजिकल पार्क निर्माणको काम थालनी हुनु आफैमा श्रहानिय काम भएको र अव क्लवको सपना पुरा गर्न प्रदेश सरकार लागी पर्ने उनको भनाइ रहेको थियो । जुलोजिकल पार्क संगै गण्डकी प्रदेशमा ठूला पार्क, हजार जना अट्ने ठूला सेमिनार हल निर्माण गर्ने र वढी भन्दा वढी पर्यटक गण्डकी प्रदेशमा भित्रयाउने उदेश्यले बिकासका कामलाई तीव्रता दिने मुख्यमन्त्रीको भनाइ रहेको थियो ।

    सो अवसरमा वोल्दै राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले पोखरा महोत्सव आयोजना गरी युनाईटेड क्लवले खेलकुद, शिक्षा, स्वास्थ्य संगै चिडियाखाना निर्माणमा काम गर्दै आएकोले युनाईटेड क्लवले गरेको सकारात्मक कामको सिको अन्य क्लव तथा संघ सस्थाहरुले सिको गर्न आग्रह गरे । उनले पछिल्लो समय आफुले रंगशाला निर्माणको जिम्मा लिएर रंगशालाको मुहार फेर्न सफल भएको वताउदै महोत्सवमा उपस्थितलाई रंगशालाको अवलोकन गरिदिन समेत आग्रह गरे ।

    त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले युनाईटेड क्लव आफ्नो वडामा रहेर विशुद्ध सामाजिक काम मार्फत अग्रणी सामाजिक संस्थाको रुपमा चिनिदा वडा बासी समेत खुसी भएको वताउदै युनाईटेड क्लवको हरेक सामाजिक काममा वडाले सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

    अमरसिंह माविका अध्यक्ष तेजश्वी वरालले अमरसिंह चौरमा विगत दश वर्षदेखी पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लवले आफ्नो लक्ष्य र उद्देश्यलाई कहि कतै विचलन हुन नदिइ आम जनसमुदायको मनमा बस्ने गरी सामाजिक काम गरेको र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि युनाईटेड क्लवको हरेक महोत्सव र सामाजिक काममा सहकार्य गर्ने वताए ।

    युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।

    यसैविच महोत्सव पूर्व पोखराको रंगशाला गेट देखी महोत्सव स्थल अमरसिंह चौर सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । १५ वटा झांकी र १ सय ६६ जटा र्याली सहभागी थिए । उक्त र्याली तथा झांकीमा झांकी तर्फ राम बजार पुन समाज पोखरा प्रथम, डढुवा दुर्छा लम्जुङ तमु समाज द्धितिय, ताङतिङ दुधपोखरी तमु समाज तृतिय र बांझापाटन तमु समाज र ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्तवना स्थान हासिल गर्न सफल भएका थिए । त्यसैगरी ¥यालीतर्फ पाेंचोको तमु समाज प्रथम, जुरे भुमे तप्रे तमु समाज बांझापाटन १३ द्धितिय र मान्द्रेढुंगा आमा समुह पोखरा १४ तृतीय स्थान र लक्ष्मीटोल आमा समुह पोखरा १५ र भद्रकाली दिदीबहिनी समुह पोखरा १२ ले सान्तवना स्थान हासिल गरेका छन । झांकी तथा ¥यालीमा दुवै विद्या तर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितियले १० हजार, तृतियले ५ हजार र शान्तवना स्थान हासिल गर्नेले

    महोत्सवमा सांस्कृतीक कार्यक्रम तर्फ मंगलवार लोकदोहोरी तर्फ सुरेन्द्र गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, रेशम निर्दोष, ज्योती लोहनी, दिलु लामा, बसन्ती थापा मगर लगायतको प्रस्तुती रहेको थियोभने पप कन्सर्ट तर्फ द फेयर मेसिन र ब्लाक रोजको प्रस्तुती रहेको थियो ।

    महोत्सवमा बुधवार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहनेछभने पप कन्सर्ट तर्फ मंगोलियन हर्ट ( राजु लामा ), प्रोभर्स र हास्य ब्यंग्य तर्फ शिवहरी बैरागी र दमन रुपाखेतीको प्रस्तुती रहनेछभने डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुती रहने छ ।

    महोत्सव अवधिभर बुद्धिचाल प्रतियोगिता, विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता र विद्यार्थी, अभिभावक र शिक्षकले सामुहिक रुपमा बसेर हेर्नुपर्ने सचेतनामुलक कखरा नामक वृत्तचित्र समेत प्रस्तुत हुनेछन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।