• займ онлайн

    पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे शुभकामना

    January 12, 2020     3:37 pm

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २ सय ९८ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्र’द्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

    ‘नेपाली समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात् गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो । नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

    जनचाहनालाई सर्वोपरि ठान्ने शाहका जीवन्त दृष्टिकोण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको जनाउँदै राष्ट्रपति भण्डारीले आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।– रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।