तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आ’गजनी भएको छ । अ’ज्ञात समूहले एनसेल टावरमा आ’गलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आ’गजनीबाट टावरको सबै उपकरण ज’लेर न’ष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आ’गजनी भएको अवस्था भेटिएको बताइएको छ ।
बिजुलीको मुख्य मिटरबाट लाइन का’टेर आ’गजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आ’गजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री ज’लेको प्रहरीले जनाएको छ । आ’गजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आ’गजनी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस