• श्री स्वस्थानी व्रतकथा । तृतीय अध्याय :– सतीदेवी विवाह प्रशङ्ग

    January 12, 2020     2:48 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि दक्षप्रजापतिकी स्त्री विरणीले सतीदेवीको जन्मपछि अरु पनि धेरै कन्याहरु जन्माइन् । यसरी तेत्तीस कोटी कन्याहरु भए । ती कन्याहरुलाई दक्ष र विरणीले समान माया ममताका साथ लालनपालन गर्दैरहे । ती कन्याहरु पनि जाज्वल्यमान रुपका भए । स्वर्गका सम्पूर्ण देवताहरु ऋषि , यक्ष , गन्धर्व , किन्नर, दिक्पाल , नाग , प्रभृत्ति सबै एकै ठाउँमा भेला भएर “हामी सबै तेत्तीसकोटीहरुलाई दक्षको तेत्तीसकोटी कन्या मागेर घरजम गर्ने ” भनेर निधो गरे । अनि नारदलाई यो विवाहको कुरा चलाउन पठाए । दक्षप्रजापतिले आफ्नी सबैभन्दा राम्री जेठी छोरी सती बाहेक सबैलाई विहे गरिदिने वचन दिए । “मेरो पनि छोरा छैन यसलाई छोरा बनाएरराख्न नदिएको हुँ ” भनेर भने । दक्षप्रजापति पनि हर्षित भएर “हजूरले भन्नुभएको जुनसुकै समयमा पनि दिन तयार छु” भने । “हाम्री छोरीहरुको पनि घरजम हुने भयो धन्य नारदमुनि ” भनी दक्ष र विरणी हर्षित भए ।

    देवताहरु सबै बाजागाजाका साथ दक्षकहाँ जन्ती आए र वैदिक विधिपूर्वक कन्यादान लिए । अनि सबै देवताहरु आ–आफ्ना स्थानमा गए । श्री महादेवजीले कैलाशमा ध्यान गरिरहनुभएको बेला ध्यानदृष्टिले हेर्दा सबै देवताहरुको विवाह भैसकेको थाहा पाए अनि साह«ै चित्त आकूल गरे । फेरि दक्षको घरमा एउटी कन्या बाँकी भएको ध्यानदृष्टिले पत्ता लगाए । अनि मलाई सम्झेरै राखेका रहेछन् भनेर हर्षित भई दक्षकहाँ कन्या माग्न गए ।

    दक्षप्रजापति :– आज तँ मेरामा कति कामले आइस , हे दिगम्बर । महादेव :– मैले यहाँ आउनुको कारण के हो भने । तेत्तीसकोटी देवताहरुले कन्या पाए । उनीहरुले घर बसाए । सबैको उद्दार भयो । मेरै लागि जेठी छोरी बाँकी राखेका रहेछौ । अब मेरो पनि उद्दार गर ।

    दक्षप्रजापति :- हे शरम पचेको दु’ष्ट महादेव । बत्तीस लक्षणले सुन्दरी मेरी सबभन्दा राम्री छोरीको तँ जोडी हुन सक्दैन । तँ स्म’शानवासी , खरानी घस्ने , भू’तप्रे’तसँग डुल्ने , नागको माला लाउने , बि’ख– भा’ङ्ग–ध’तुरो खाने । मेरो घरमा एकछिन पनि नबस् तँ गइहाल् । (यसरी अरुपनि धेरै धेरै अ’प’मान गरेर भनिसकेपछि महादेवको पाखुरा समातेर दक्षले श्री भोलेनाथ महादेवजीलाई घरबाहिर निकाल्यो ) महादेव :– इच्छा छैन भने , नदिने भए दिन्न भने भइहाल्थ्यो । यस्तरी नि’न्दा गरेर अ’पमान नगरेको भए हुन्थ्यो ।

    त्यसपछि अति मन दु’खाई भगवान् महादेवजी विष्णुलोकमा भगवान विष्णु कहाँ “ मलाई यसरी यसरी अपमान गर्यो खासमा म यसो भएर त्यहाँ कन्या माग्न गएको थिएँ ” भने । अनि भगवान महादेवजीलाई “ यहाँ विष्णुलोकमा एकछिन् बस्नुस् है म चाँजोपाँजो मिलाएर आउँछु । ” भनेर विष्णु भगवान दक्षप्रजापति कहाँ जानुभयो । भगवान विष्णु आगमन भएको देखी दक्षप्रजापतिले कमण्डलुले ठूलो आसनमा बसाले र गोडा धोई “हजूरलाई के सेवा गरुँ” भनी सुध्याए ।

    विष्णु :– हे दक्षप्रजापति , म केही माग्न आएको छु । दिन्छौ भने मात्र माग्छु ?
    दक्षप्रजापति :– लौ प्रभु यी मेरा सर्वस्व सबै हजूरकै त हो नि । हजूरले जे भन्नुभो त्यही दिन्छु । म वाचा गर्छु प्रभु । बिष्णु :– म वैकुण्ठलोकको अधिपति भएर पनि मेरा कन्या छैनन् । कन्या दिई मलाई उद्दार गर । किनकी तिम्री एउटी कन्या सतीदेवी अविवाहित नै छिन् । यसैबाट मेरो घर बसाऊ र मेरो उद्दार गर । दक्षप्रजापति :– हे भगवान मेरो यो अति प्यारो छोरो हो यसलाई दिने ता मन थिएन तर हजूरसँग बाचा गरिसकेँ । म बचनलाई मि’थ्या जान दिनेछैन । समय मिलाउनुहोस् साइत हेरेर साइतको समयमा हजूरलाई कन्यादान टक्र्याउँला ।

    फेरि भगवान विष्णु विष्णुलोक आउनुभो र श्री महादेवजीलाई यसो यसो गरेँ भनेर हजूरलाई भनी मागेँ भने दिन्न भन्लान् भनेर विष्णु भगवानले श्री महादेवजीलाई फेरि भन्नुभयो :– म गएको काम होलानै जस्तो छ । विवाहको दिन हजूर वृद्ध सं’न्यासीको रुप लिएर आउनुस् र भीक्षा नलिई जान्न भन्नुस् । मैले “म कन्यादानको साइत सक्ने बित्तिक्कै भीक्षा दिन्छु । मसँगै आएर एकछिन पर्खनुहोस् ।” भनेर भन्छु । अनि म “मेरो सँगै आएर विवाहमण्डपमा आएर बस्नुस्” भनेर भन्छु । हजूरले पनि त्यसै गर्नुस् । कन्यादान दिनेबेलामा मेरो हात राख्ने ठाउँमा हजूरको हात राखिदिउँला । उनीहरुले कन्यादानको धमाधममा यो देख्न सक्दैनन् र मन्त्र पढिसकेपछि “सती हजूरकी भइन् ” भनेर मैले दक्षलाई सम्झाइदिउँला ।

    यो बार , यो तिथि , यो लगन , यो नक्षत्र , यो बेलामा साइतको समयभन्दा एकछिन अगाडि हजूर संन्यासी भएर टुप्लुक्क आइपुग्नुहोस् भनी श्री महादेव प्रभुलाई विष्णु भगवानले सम्झाउनुभयो । अनि भगवान श्री महादेवजी पनि अति प्रशन्न हुँदै कैलाश पर्वतमा प्रस्थान गर्नुभयो । अर्को प्रशङ्ग चतुर्थ अध्यायमा बताउनेछु ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।