• आजको राशिफल

    January 11, 2020     11:31 pm

    २०७६ साल पाैष २७ गते आइतवार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । रमाइलो यात्रा हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने छ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मित्रवर्गबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रतिद्व’न्द्वीहरूसित सतर्क रहने दिन हो । पछाडि बसेर खिसीट्युरी गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा स’मस्या आउनसक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । गरिएका उद्यममा सफलता प्राप्त हुने छैन । व्यवसायिक क्षेत्रबाट पनि ठूलो अपेक्षा गर्ने दिन छैन । व्यक्तिगत स्वास्थ्यप्रति पनि सजग रहनु पर्छ । उता तनाव र मानसिक विचलन बढ्ने सङ्केत छ । हतारको काम लतरपतर हुन्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वै’राग्यका भावना मँडा’रिन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना ुउत्पन्न हुनसक्छन् । पारिवारिक जीवनमा सामान्य त’नाव हुनसक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मानसिक अ’शान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघा’त हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धो’का दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा स’मस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा कन्ट्रोल गर्नुस्, नत्र पाचनप्रणाली गडबडाउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – झिनामसिना र सानातिना कुरामा रुमल्लिएर आजको दिन व्यतीत हुनसक्छ । मिहिनेत गरेबमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन् । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने छन् । बन्दव्यापारबाट पनि भनेजस्तै लाभ हुनेछ । पारिवारिक सम्बन्धमा सामान्य त’नाव हुनसक्छ । मनमा दोधार भइरहने छ । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । भोजभतेर र खानपिनका कार्यमा नहौसिनु राम्रो हुन्छ, पाचनप्रक्रियामा वि’कार आउन सक्छ । छोराछोरी, भाइबहिनी र बन्धुबान्धवले जानेको र सकेको सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धनको लगानी बढ्न सक्छ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज आकस्मिक धनलाभको योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मिठो भोजनको अनुकूलता मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व लिनुपर्ने हुन्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव रहने छ, तर्कवितर्क र वादविवादमा विजय प्राप्त ुहनेछ । मित्रशक्ति, नातेदार र कुटुम्बको साथसहयोग पाइने छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसा÷व्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघा’त हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – स्वास्थ्य सबल छ । पठनपाठनमा प्रगति हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसा÷रोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । श’त्रु र प्रतिस्पर्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनमा अ’शान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु स’मस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बा’धाअड्च’न आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा स’मस्या हुनसक्छ । लेनदेनमा वि’वाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वा’दवि’वाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।