• श्री स्वस्थानी व्रतकथा प्रथम अध्याय :– सृष्टिक्रम तथा व्रम्हाण्ड वर्णन

    January 11, 2020     10:36 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि सृष्टिको क्रम र व्रम्हाण्डको वर्णन जुन छ उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु । एकाग्र भई सुन । यो अनन्तकोटी व्रम्हाण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रुपमा प्रकट गर्नुभयो । पहिले व्रम्हा सृष्टि गर्न , विष्णु पालन गर्न र महेश्वरलाई सं’हार गर्न बन्नुभयो । त्यसकारण उनै परव्रम्हका इच्छाबिना सृष्टि, स्थिति तथा सं’हार कुनै पनि केही हुन सक्दैन र उहाँकै इच्छा अनुसार यो संसारको सृष्टि, स्थिति तथा सं’हारका अनन्त चक्र चलिरहन्छन् ।

    ब्रम्हमा, विष्णु र महेश्वर मध्ये विष्णु र महेश्वरको आयुको कुनै प्रमाण छैन । व्रम्हाको सयवर्षको आयु हुन्छ । उक्त सय वर्षको आयुमध्ये र्एकदिनमा विहान सृष्टि हुन्छ , दिउँसोदेखि रात नपरेसम्म स्थिति हुन्छ भने रात परेर निदाएको समय सं’हारको समय हो । सत्य, त्रेता , द्वापर तथा कलिका’ल विहान, दिउँसो , साँझ र रात जस्तै हुन् । अनि व्रम्हाको सयवर्षमा म’हाप्र’लय हुन्छ । फेरि परमात्माले अर्को व्रम्हा सृष्टि गर्नुहुन्छ र यसैक्रमले अनन्तकालसम्म सृष्टिकार्य चलिरहन्छ । व्रम्हा, विष्णु र महेश्वरमा विष्णु सत्व , व्रम्हा र’जो तथा महेश्वर तमोगुणका हुन् । सृष्टिका लागि सबभन्दा पहिले पंचमहाभू’त तत्वहरु मन, बुद्धि , शब्द, रुप , रस, ग’न्ध, काम, क्रो’ध , लो’भ, मो’ह , मद , मात्सर्य आदि सृष्टि गरिसकेपछि मात्रै प्राणीको सृष्टि हुन्छ त्यसैले यी कराहरु सम्पूर्ण प्राणीमा व्याप्त हुन्छन् । सृष्टिका तत्वहरु कुनैपनि सजिव र निर्जिव हुँदैनन् । सबै सजिब नै हुन्छन् । विज्ञानले निर्जिव भनेका कुराहरु लगायत सबै कुराहरुमा व्रम्हा, विष्णु र महेश्वरहरु इलेक्ट्रोन , न्युट्रोन तथा प्रोटोन सरी घुमिरहेका हुन्छन् अनि यसरी घुम्नेक्रम सकिँदामात्र उक्त प्राणिको अन्त्य हुन्छ र सृष्टिका चक्रहरु पार गरिसकेपछि प्र’लयको समयमा अन्त्य हुन्छ ।

    एउटा अण्डामा भित्री, बाहिरि आवरणहरु भएजस्तै पृथ्वी लगायत व्रम्हाण्डमा पनि यस्तै आवरणहरुका चक्रहरु हुन्छन् । त्यस्तै नवजातवालक मानवको शरीरमा पैदा हुँदा सम्पूर्ण चक्र पार गरिसकेपछि मानव वालक बने जसरी पृथ्वीमा सृष्टि हुँदा सरिसृप, उभयचर हुँदै मानवसम्म भएर का’लान्तरपछि सृष्टिको विकास भएको हुन्छ । यो क्रम प्रत्येक मानवको ग’र्भ प्रक्रियामा अहिलेसम्म पनि उदाहरणको पढाइका रुपमा चलिरहेको हुन्छ र यो सृष्टिकै प्रमाण हो । त्यस्तै अण्डादेखि व्रम्हाण्ड यी दुई संख्याहरु मात्रै हुन् यस्ता उदाहरणका सँख्याहरु अनन्त हुन्छन् । त्यस्तै प्रकृति र पुरुष भएर सृष्टिको बृहत्तर संख्या बृद्धि भएको हुन्छ । चाहे स्त्री पुरुष, चाहे बीज माटो , चाहे आकर्षण विकर्षण , चाहे क्रिया प्रतिक्रिया यीसबै सृष्टिकै मूलभूत प्रकृया हुन् र परमात्मामा अनन्त पनि अटाउँछन् ।

    परमात्मा एक प्रकारले सबैभन्दा शूक्ष्म पनि हुन् तथा सबैभन्दा बिशाल पनि हुन् । यसका लायि परमात्माले अनन्त आकाश उदाहरण दिएका छन् । त्यसैले यो परमात्माको परिभाषाको वर्णन गर्न कोटी कोटी व्रम्हा, विष्णु महेश्वरले पनि सक्दैनन् । त्यसैले जति जति व्रम्हाण्ड छन् त्यत्ति त्यत्ति व्रम्हा, विष्णु र महेश्वर हुन्छन् त्यसैले परमात्मालाई कसैले आँक्न सक्दैनन् ।

    यो सृष्टिक्रम भनेको निदाउँदाखेरी जतिपनि हामी देख्छौं पछि विउँझदा वि’लय भए जसरी मृ’त्युपछिको जीवनमा विउँझदै विउँझदै जान्छौं । निदाएको अवस्थामा सुख, दुः’ख, हर्ष ,वि’स्मात यी यावत जति प्राप्ती हुन्छन् त्यसलाई विउँझदा प्राप्त गर्न नसकेजस्तै मृ’त्युपछि पनिको जन्ममा त्यस्तै हुन्छन् । त्यसैले यो संसार सुख दुः’खादी सपना झैं अनित्य छन् । त्यसैले यी सांसारिक कुराहरु सब मनका झ’मेला मात्रै हुन् । मूलकुरो परमात्मा जान्नु हो । त्यसैले विवेकी प्राणीको एकमात्र लक्ष्य मन , वचन र कर्मले ज्ञानद्वारा परमात्माको कार्यमा सघाउनु हो । आगौं दोस्रो अध्यायमा पद्य कल्पको वर्णन सुनाउनेछु । इति श्री स्कन्द पुराणे- केदारखण्डे माघ महात्म्ये- श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां- व्रम्हाण्ड वर्णनं नामं प्रथमोअध्याय- श्री स्वस्थानी परमेश्वरीकी जय ! जय ! जय!

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।