पोखरेली न्युज / २२ फागुन
हप्ताको एक घण्टा राष्ट्रका लागि स्वयमसेवा ग¥यो भन्ने मुल नाराका साथ संचालित पोखरा उपत्यका बृहत सरसफाईको १४५ औं श्रृखला पोखरा ३१ को बेगनास तालमा हुने भएको छ ।
बेगनास युवा क्लवले अगाडी सारेको बेगनासताल सरसफाई अभियानले सफलता पुर्वक ५० औं श्रृखला पार गरेको अवसरमा पोखरा उपत्यका बृहत सरसफाई अभियान आगामी फागुन २५ गते सनिवार बेगनासतालमा गरिने भएको हो ।
सरसफाई अभियानका लागि बुधवार राखिएको पुर्व तयारी बैठकमा उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधीहरुले अभियानलाई सफल पार्न आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा वडा नं ३१ का वडाअध्यक्ष, पोखरा उपत्यका बृहत सरसफाई अभियानका संयोजक रामवहादुर पौडेल, बेगनास युवा क्लवका अध्यक्ष रामवहादुर रानाभाट, राईजिङ स्टार युथ क्लवका अध्यक्ष विश्णु गुरुङ, बेगनासताल बस संचालन समितिका अध्यक्ष कृष्ण ढुगाना, सिड फाउण्डेसन कास्कीका अध्यक्ष दामोदर भक्त थापा, लेखनाथ होटल एसोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, पोखरा उपत्यका बृहत सरसफाई अभियानकी सदस्य खिमा गुरुङ लगाएतले सनिवार हुने बृह्त सरसफाईलाई आफनो क्षेत्रबाट सक्दो सहयोग गार्ने प्रतिवद्धता जनाएका थिए ।