शुक्रबार उकाल्यो लाग्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं, १० मंसिर । साताको कारोबार हुने अन्तिम दि शुक्रबार सुनचाँदीको भाउ तलमाथि देखिएको छ । छापावाला सुनमा फेरि बृद्धि भएको छ भने चाँदीमा सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा सामान्य ५ रुपैयाँले घटेको छ ।

महासंघले यसदिनका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ । सोहि भाउको आधारमा नेपाली बजारमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार तेजाबी सुन ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ सामान्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button