लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

पोखरा ८, मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्ष पनि गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले यस बर्ष पनि उक्त दीवसको अवसरमा सचेतनामुलक सहितका विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।

उक्त अभियान अन्तर्गत बिहिबार (मंसिर ९ गते) पहिलो दिन प्रभात फेरी सहितको सचेतनामुलक कार्यक्रम हुने भएको सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले बताए । बिहिबार बिहान ९ः३० बजे सभागृहचोकदेखि प्रभात फेरी सुरु हुने भएको छ ।

यस्तै बिहिबार बिहान ११ बजे पोखरा सहित गण्डकी प्रदेशलाई नै सडक आश्रित सहयोगापेक्षीत मानव मुक्त प्रदेश घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहिबार देखि नै सेतो रिवन वितरण कार्यक्रम र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई जनही ५ हजार रुपैया राहत वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मंसिर १० र ११ गते आत्महत्या रोकथाम सम्बन्धि तालिम,मंसिर १४ गते अन्नपूर्ण गाउँपालिकामा, १८ गते मादी गाउँपालिकामा,१९ गते रुपा गाउँपालिकामा,२१ गते माछापुच्छ्रे गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने भएको छ ।

मंसिर २० गते लैंगिक हिंसाका बारेमा माननीय मन्त्रीहरुसँग अन्तरक्रिया हुने बताइएको छ । जुन कार्यक्रम यस अघि घएका भन्दा फरक भएको मन्त्रालयको दाबी छ । त्यस्तै गण्डकी प्रदेश अन्तर्गतको नवलपुर जिल्लाका सबै स्थानीय तहमा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम र अपाङगता सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने जनाइएको छ ।

सचिव कुँवरको अनुसार हालसम्म मन्त्रालयमा १ सय ७० बालबालिकाको राहतका लागि निवेदन परेको छ । मानव सेवा आश्रमसंगको सहकार्यमा मन्त्रालयले उक्त घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशका कास्की सहित ४ जिल्लामा आश्रममा हाल करिब २ सय ८५ जना रहेका छन भने अझै सडक क्षेत्रमा रहेका करिब ६० जना हुन सक्ने आश्रमका राजन सापकोटाले बताए ।

उनले भने,‘यही १६ दिनको अभियानले नै सडक मानव मुक्त गर्न कठिन छ, हामीले सक्दो गरिरहेका छौ । यहाँहरुले पनि सडकमा त्यस्ता मानव देखेमा सम्बन्धि संघसंस्थामा सम्पर्क गरेर सहयोग गरिदिनुहुन अनुरोध छ ।’ ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ यस बषको मुल नारा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button