विमानस्थलमा फेरि जनावरसँग ठोक्कियो विमान

८ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलको धावनमार्गमा बुधबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरलाई जहाजले अवतरण गर्ने क्रममा किचेको पाइएको छ ।

यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठोक्किएका थिए । बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको भनाइ छ । अवतरणका क्रममा जहाजमा भने कुनै समस्या आएन ।

काठमाडौं बाट ७० जना यात्रु लिएर नेपालगन्ज पुगेको यो जहाज साँझ ७ः०५ मिनेटमा अवतरण गरेको थियो । जनावरको रगत पखालेर उडान नियमित गरिएको छ । अहिले नेपालगन्ज विमानस्थलमा बढीजसो रात्रीकालीन उडान हुने गरेको छ ।-अनलाइनखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button