पोखराको लेकसाइडमा आगलागीबाट पाँच पसल क्षति

कास्की, ६ मङ्सिर (रासस) ः. पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका हुन् ।

रेष्टुराँ, खाजा पसल र जुस सेन्टरलगायतका पसलमा आगलागीले क्षति पु¥याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक चिनिमायाँ तामाङले जानकारी दिनुभयो । प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । प्रारम्भिक अनुसन्धानमा रु एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको जनाउँदै उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौँ ।”

यस्तै पोखरा महानगरपालिका–२७ अर्घौचोक स्थित राजेन्द्रमणी लामिछानेको घरमा आगलागी हुँदा करिब ५ लाख मुल्य बराबरको क्षती भएको छ । आइतबार करिब पौने ३ बजे बिजुलीको तार सर्ट हुन गई घरको दोस्रो तलाको बैठक कोठामा अचानक आगलागी हुदा लामिछानेको करिब ५ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीलाई लामिछानेको घरमा आगलागी भएको खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोलि खटिगई प्रहरी र स्थानीयको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त आगोलागीबाट कोठामा भएका सामानहरु जलि नष्ट भएको प्रहरीले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । उक्त घटना दिउँसो भएको र समयमै उद्धार भएको हुदा मानवीय तथा पशु–चौपाय क्षती नभएको स्थानियले बताए । उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button