नेपाली कांग्रेसको १४औं महाधिवेशनः महाधिवेशन तथा क्षेत्रीय प्रतिनिधिहरुको मनोनयन दर्ता आज

पोखरा, ५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कास्की क्षेत्र नं ३ मा आज आईतबार महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय कार्य समितिका प्रतिनिधिहरुको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली कांग्रेसका नेता दीवशमान प्रधानाङ्गका अनुसार आज नेपाली कांग्रेस क्षेत्र नं ३ को कर्यालय हेम्जामा बिहान १० वजेदेखि मनोयन दर्ता हुने भएको हो । महाधिवेशन प्रतिनिधिका लागि कलस्टर दलित पुरुषतर्फ मन बहादुर विश्वकर्मा र महिलातर्फ कृष्ण कुमारी परियार रहेकी छन् ।

जनजाती पुरुषतर्फ आस बहादुर गुरुङ र ललित गुरुङ रहेका छन् । जनजाती महिलातर्फ खिम कुमारी गुरुङ र टेकनशोभा गुरुङ रहेकी छन् । खस आर्य पुरुषतर्फ भरतजंग कुँवर र पशुपती भट्टराई रहेका छन् । महिलातर्फ कमला विन्दु वराल र जुना कुमारी जिसि रहेकी छन् । प्रत्यक्ष महिलातर्फ शारदा पौडेल, मन्धरा ढकाल, गोमा सुवेदी र सरिता तिमिल्सिना पगेनी रहेका छन् ।

पुरुष खुल्लातर्फ खेमराज पौडेल, दीपक गुरुङ, देवेन्द्र कुमार शेरचन, दिवशमान प्रधानाङ्ग, रामप्रसाद अधिकारी, उमेशराज पराजुली, वलराम गिरी, मुक्तिराम अधिकारी, भिम बहादुर गुरुङ र डा.कृष्ण पौडेल रहेका छन् । सदस्य प्रतिनिधि सभा क्षेत्रबाट १ महिलासहित ४ जनाको मनोनयन दर्ता हुने भएको छ । दीपक बहादुर थापा, खिमलाल पहारी, नारायण प्रसाद अधिकारी र माया अधिकारी रहेका छन् । प्रदेश सभा निर्वाचन क बाट १ महिलासहित ३ जना गौतम बिजुक्छे, रामप्रसाद श्रेष्ठ र उमा भुर्तेल पौडेल रहेका छन् ।

यस्तै प्रदेश सभा ख बाट १ महिलासहित ३ जना कलाधार वराल, मधुप्रसाद सुवेदी रहेका छन् भने एकको नाम आएको छैन । कलस्टर खस आर्यतर्फ १ महिलासहित ३ जना बल बहादुर क्षेत्री, बलराम गौतम र शोभा कोइराला त्रिपाठीको मनोनयन दर्ता हुने भएको छ । यस्तै क्षेत्रीय कार्य समितिका लागि आदीवासी जनजातीतर्फ १ महिलासहित २ जना रहेका छन् । उनीहरुमा आस बहादुर गुरुङ र शान्ति गुरुङ रहेका छन् भने दलिततर्फ भरत बहादुुर विकको मनोनयन दर्ता हुने कांग्रेस नेना दिवशमान प्रधानाङले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button