सुनको मूल्य घट्यो , प्रतितोला रु ९३ हजार ७ सय

काठमाडौँ, ५ मङ्सिर (रासस)ः सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७ सय तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७ सय ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २ सय कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button