माओवादी केन्द्रको कास्कीमा वडा अधिवेशनहरु, सर्वसम्मत नेतृत्व चयन

पोखरा, ४ मङसिर । कास्कीका अधिकाँस वडामा आज एकै दिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका र अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका गरी पाँच स्थानीय तहका ७२ वडा मध्ये एकाध बाहेक सबैमा अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक÷दुई वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट नेतृत्व चयन गरिएको छ ।
पोखरा महानगर र गाउँपालिकाका अधिकाँस वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केहीमा निर्वाचन प्रक्रिया चालू रहेको इन्चार्ज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै कास्कीका सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ”

नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका–१ मा रुद्र लुईटेलको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।
पोखरा–६ को अध्यक्षमा कृष्ण आचार्य चयन हुनुभयो । कमिटीको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी रहनुभएको छ । पोखरा–८ वडा मा हिराकाजी श्रेष्ठ अध्यक्ष रहनुभएको कमिटी निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा रामजी घिमिरे, सचिवमा हरिशचन्द्र मानन्धर, सहसचिवमा विवेक भुजेल र कोषाध्यक्षमा नानीमाया गुरुङ निर्वाचित हुनुभयो । अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत चयन गरेको छ ।

पोखरा महानगरपालिका–१६ को वडा कमिटीको अध्यक्षमा निर्मल आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गोमा परियार,सचिव जीवन बस्नेत,सहसचिव सविना राना र कोषाध्यक्ष भीमबहादुर गुरुङ रहनुभएको ४७ सदस्सीय कमिटी निर्वाचित भएको बताइन्छ । अधिवेशनबाट १४ जना महानगरपालिका अधिवेशनको प्रतिनिधि छनोट हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–११ माओवादी केन्द्रको अध्यक्षमा मनोज रसाइली सर्वसम्मत चयन हुनुभयो । ४५ सदस्सीय कमिटीको उपाध्यक्षमा विष्णुप्रसाद आचार्य,सचिव चिन्तामणि खरेल, सहसचिव सरिता विक र कोषाध्यक्ष उषा विश्वकर्मा हुनुहुन्छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button