लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

२९ कात्तिक, काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।

दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए ।

विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो । विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button