जीप दुर्घटना हुँदा चारको मृत्यु

रोल्पा,२८ कात्तिक (रासस) : रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो । मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।

त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजार नजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button