बिराट सहकारीको छैटौं साधारण सभा

कार्तिक २७, लेखनाथ । बिराट कृर्षि सहकारी सस्था लिमिटेड र गण्डकी मल्टी एग्रो प्रालिको सम्युक्त छैटौं बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी वराल जिवनले नाममा होईन काममा रमाऔं भन्दै कृर्षि सहकारीको मर्म र शिध्यान्त अनुसार सहकारीहरु अगाडी वढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

साहो अवसरमा नेपाल लाईफ स्टक सेन्टर इनोभेसन प्रोजेक्टका प्रमुख रेशमराज ज्ञावलीले उत्पादीत वस्तुको वजारीकरणमा ध्यान दिनु पर्ने सुभाव राख्नु भएको थियो भने बृहत जलाधार ब्यवस्थापन केन्द्र गण्डकी प्रदेशका प्रमुख रामशिह थापाले औषधी जन्य विरुवा र फलफरजन्य वस्तुको उत्पादनमा सहकारीले प्रथामिकता दिनु पर्ने धारणा राख्नु भएको थियो ।

यसैगरि कार्यक्रममा सस्थाका अध्यक्ष कुल प्रसाद अधिकारीले सस्थाले अगाडी सारेका योजनामा राज्यको नितीगत विषयले अब्ठारो परेकाले एग्रो टुरिजम र अर्गानीक उत्पादनमा सस्थालाई समस्या पारेको गुनासो राख्नु भएको थियो भने सस्थापक अध्यक्ष शालिकग्राम पौडेलले कृर्षि सहकारीलाई राज्यको तर्फबाट सहयोगको खाचो रहेको सुझाव राख्नु भएको थियो ।

सस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २८ का वडासदस्य कल्पना परियार,प्रधानमन्त्रि कृर्षि आधुनिकरण परियोजना कास्कीका प्रमुख अजय अधिकारी र गण्डकी मल्टी एग्रो प्रा लिका अध्यक्ष दयाराम तिवारी लगाएतले कृर्षिलाई आधुनिक तरिकाले अगाडी वढाउन कृषि यन्त्रको प्रयोगलाई बढाउनु पर्नेमा धारणा राख्नु भएको थियो । सस्थाका सचिव बाशुदेव लामिछानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रामजी लामिछानेले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button