मुस्ताङमा गयो भीषण हिम पहिरो, भागदौड मच्चिदा विद्यार्थी र शिक्षकको खुट्टामा गम्भिर चोट

काठमाडौं, २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिकाको उपल्लो हिमाली क्षेत्रमा भीषण हिम पहिरो गएको छ । वडा नं २ को कोवाङ, लार्जुङ तथा बोक्सि खोला माथिको उच्च हिमाली भेगमा हिम पहिरो गएको हो । हिम पहिरो पूर्वान्ह ११ वजे गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

हिम पहिरो गएपछि स्थानियवासि त्रसित भएका छन् । हिम पहिरो खस्दा ठूलो आवाज आएको, धुँवाँ निस्केको जस्तो दृश्य देखिएको तथा पात पतिंगर र हिउँका डल्लाहरु टाढा टाढासम्म उछिट्टिएको स्थानियले बताएका त्यहाँ रहेका पत्रकार दिननाथ वरालले बताए ।

हिम पहिरो खस्न थालेपछि त्रसित भएर भाग्न खोज्दा केहि विद्यार्थी र स्थानिय घाईते भएका छन् । जनआदर्श अमरसिंह माविका विद्यार्थी तथा शिक्षककोा भागदौड मच्चिदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टामा गम्भिर चोट लागेको छ । विद्यालयका प्रधानाध्यापक खेम गुरुङले अहिले सबैलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । अन्य क्षेतीको विवरण आईसकेको छैन । अनुसन्धान र खोजतलासको काम भईरहेको प्रहरीले बताएको छ ।

हिउँको पहिरोले बोक्सि खोला थुनिएको छ भने खोला थुनिएपछि अर्को विपद् आईपर्ने होकि भन्ने डर थपिएको छ । घटना भएको थाहा पाउने बित्तिकै गण्डकी प्रदेशका अर्थमन्त्रीसहितको टोली त्यस क्षेत्रमा पुगेर वस्तुस्थिति बुझ्ने काम गरेको वरालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिउँपहिरो खसेको जानकारी दिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button