पुम्दीकोटको बिशाल महादेवको मुर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्छः अर्थ मन्त्री शर्मा

पोखरा २७, कार्तिक। नेपाल सरकारका अर्थ मन्त्री जर्नादन शर्मा प्रभाकरले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको बिशाल महादेवको मुर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताउनु भएको छ । शनिबार बिशाल महादेवको मुर्ति अवलोकन गर्दै मन्त्री शर्माले बिशाल महादेवको मुर्ति नेपालको मौलिक पर्यटनको केन्द्र हुने जसले गर्दा आ ि र्थक पर्यटनको विकास हुने बताउनु भएको हो ।

बिशाल महादेवको मुर्तिले संस्कृतिक र राष्टियतालाई स्थापित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । पुम्दीकोट बिशाल महादेवको मुर्तिले पुम्दीकोट क्षेत्रको मात्र नभई पोखरा र नेपालकै धार्मिक पर्यटन प्रबद्धन गर्न ठुलो टेवा पुग्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागिलाई जय भोला नाथ भन्न आव्हान गर्दैे मन्त्री शर्माले महादेवलाई इतिहास र अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिनु भयो । उनले भने “ कुनै एक युगमा महादेव भन्ने व्यक्तिका कृयाकलाप आजसम्म समाजले अनुकरण गर्दै आएको छ, तत्काल अबस्थाको नन्दी भिरिंगी त्यति वेलाको सेनाको रुपमा काम गरेको थियो, भोलानाथले गरेका राम्रो कामको आज हाम्रो इतिहासलाई अब अर्थतन्त्रसंग जोड्नु पर्छ ”

उक्त बिशाल महादेवको मुर्तिले आर्थिक क्षेत्रमा धेरै ठुलो योगदान दिने उनको दाबी छ । बिशाल महादेवको मुर्तिले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उक्त अभियानमा अर्थ मन्त्रालयले समेत आवश्यक सहयोग गर्ने मन्त्री शर्माले वचन दिएका छन्।

मन्त्री शर्मा सहित गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला रुपकलाई स्थानियले फुलमालाले स्वागत समेत गरेका थिए । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं बिशाल महादेवको मुर्ति निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले ४० करोडको परियोजना हाल केही भोैतिक संरचना निर्माणको काम बाँकी रहेको बताए । पुम्दीकोट बिशाल महादेवको मुर्ति औपचारिक उद्घाटन बिना नै हाल दैनिक जसो २ देखि ३ हजार पर्यटकहरु आउन थालेको उनले जनाए । ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति, एक सय ८ वटा शिवलिङ, एक सय ८ स्वगद्धारी सिढि, १८ वटा सटर सहितको भवन, भ्यान केन्द्रको सभाहल, सहितको भौतिक संरचनामा करिब २० करोड भन्दा बढी रकम लगानी भएको अध्यक्ष बरालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button