आजको राशिफल । वि.सं. २०७९ असोज ७ गते शुक्रबार । यि राशी हुने व्यक्तिको भाग्योदय हुने समय छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । कुनै कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । गरेको क्रियाकलापबाट सन्तुष्ट भई धेरैले तारिफ गर्नेछन् । घरगृहस्थीमा समय दिन नसक्नाले केही समस्या देखिनसक्छन्, परिवारजनसँग असमझदारी बढ्ने छ, फकाउने फुल्याउने काम पनि गर्नुपर्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । ठूलाबडा र सहयोगीहरूको साथसहयोग प्राप्त हुने दिन छ । मिहिनेत र लगनशीलताको राम्रो परिणाम प्राप्त हुने समय हो, आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । उद्योग र व्यापारमा संलग्नहरूका लागि विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि,  कु, घ, ङ, छ, के, को, ह) – हाँकेका र ताकेका हरेक काम सजिलै सम्पन्न हुनेछन् । सामाजिक सम्मान र प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम र पुराना समस्या हल गर्न गरिएको प्रयास सफल हुनेछ, साथै नयाँ काम र जिम्मेवारीसमेत हात पार्ने मौका छ । कीर्तिमानी काम सम्पादन हुनसक्छ । मातापिताको इच्छा पूरा गरेको राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पुरानो लेनदेनको समस्या बल्झिनसक्छ, अकारण वादविवादमा फँस्ने सम्भावना छ । नचिताएको ठाउँमा अचानक धनहानि हुने परिस्थिति बन्नेछ, गरेका कामबाट पनि समुचित प्रतिफल नआउन सक्छ । आफन्त र परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । प्रयत्न गरेको काम समयमा सिद्ध्याउन सकिंदैन । इच्छाशक्ति जागे पनि चाहना पूर्ण हुनेछैनन् । आज हातहतियारको प्रयोग गर्दा, बाटो काट्दा वा सवारी हाँक्दा सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ मित्र बनाउने दिन हो, विपरीतलिङ्गी मित्रसँग मन फुकाएर कुराकानी गरिने छ । छात्रछात्रा रामरमाइलोमा भुलिने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मानसम्मानमा आघात पुग्ने र काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । तापनि, रोजगारी र व्यावसायिक काममा सामान्यतया फाइदा नै हुनेछ, तर आज असाध्यै चनाखो भएर काम गर्नुपर्ने दिन हो, गरेको कामबाट जस पाउनुको साटो उल्टै फन्दामा पर्ने समय छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारीप्रति आकर्षण बढ्ने छ । गरेको प्रयासअनुरूप आफ्नो क्षेत्रको नेतृत्व गर्नुपर्ने हुन्छ, त्यस्तै सामाजिक हैसित स्थापना गर्ने मौका मिल्नेछ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – बोलीको भरमा काम फत्ते गर्ने सकिने छ, बोली र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको मिहिनेत र परिश्रमको प्रतिफल पाउने समय छ, त्यस्तै रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज चतुर्थ भावमा रहेको चन्द्रमाको केही नकारात्मक परिणाम पनि पाउन सकिन्छ, जस्तै , आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न ढिला हुनसक्छ, अनि जिम्मेवारी बढिरहने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आजको दिन राम्रै हुनेछ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तर धैर्य गर्न सके रचनात्मक काम सुरु हुनसक्छन् । विगतको त्रुटि केलाउँदै नयाँ काम गर्न हौसला मिल्नेछ । सद्भाव र प्रेरणा प्राप्त हुनेछन्, तिनलाई गम्भीरतापूर्वक ग्रहण गर्नसकेमा विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । विद्यामा कमजोरी देखिन्छ तर सँगीसाथीको सहयोग लिनसके राम्रै हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कुनै काम गर्नु छ भने खर्चको मात्रा सोचेभन्दा बढी हुनसक्छ । तर खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । टाढाको यात्रा गर्ने मौका मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । रोकिएका काम बन्नाले मनग्ये लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त हुने योग छ, नयाँनयाँ विषयमा रूचि बढ्ने छ, सीपमूलक काम र पढाइमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समयमा होस नपुग्नाले हुनै लागेको आम्दानी कसैले तगारो हाल्नसक्छन् । उता घरायसी परिबन्द र बाध्यात्मक काममा धनखर्च हुने दिन हो । तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । दूरदराज वा वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई समय दिएमा र निरन्तरता दिन सकेमा राम्रै फाइदा हुने देखिन्छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने समय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button