‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप बिक्कीलाई मातृशोक

कात्तिक २४ । ‘कमेडी च्याम्पियन २’मा सहभागी भएर दर्शकको मन जितेका कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ ।

उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ । विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार दिउँसाे ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किंदा उनकी आमा अचेत अवस्थामा थिइन् ।

यसपछि उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

विक्की भारतको सिक्किम निवासी हुन् । विक्कीका बुबा र दाजु नेपाल आएर अपरान्ह ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको सञ्चारकर्मी तथा ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी प्रताप लामाले जानकारी दिए ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा छोराको प्रस्तुति हेर्नका लागि दुर्गा नेपाल आएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button