सार्वजनिक जग्गा अतिक्रमित गरि बनाइएका संरचना भत्काउन चेतावनी, महानगरपालिकाले कारवाही गर्ने

पोखरा २३ कात्र्तिक । अतिक्रमित जग्गाप्रति पोखरा महानगरपालिकाले चासो देखाएको छ । वडा नं ५ को पहलमा मंगलबार पोखराका फिर्केखोला र बुलौंदीखोला आसपासको सार्वजनिक जग्गा मिचेर बनाईएका भौतिक संरचनाको स्थलगत अनुगमन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले प्राकृतिक सम्पदाको संरक्षणका नाममा अतिक्रमण भएको बताए । विधि र प्रक्रिया मिचेर बनाईएका संरचना भत्काउन आग्रह गर्दै प्रवक्ता नेपालीले अटेर गरे महानगरपालिकाले कारवाही गर्ने चेतावनी दिए ।

नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलले फिर्केखोलाबाट सुरु भएको अतिक्रमणका श्रृखंला बुलौंदीखोला सम्म पुगेकाले यसलाई बेलैैमा रोक्न नसके सुन्दर पोखरा कुरुप पोखरामा परिणत हुने बताए ।

वडा सदस्य अञ्जु क्षेत्रीले एउटा जनप्रतिनिधिले मात्र अतिक्रमणलाई रोक्न नसक्ने बताउदै सबै क्षेत्रको पहल आवश्यक रहेको बताईन् ।

अनुगमनमा वडा ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, वडा सदस्य उज्वल खत्री, अञ्जु क्षेत्री, हरिमाया विश्वकर्मा, वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, नागरिक समाज कास्कीका संयोजक इन्द्रकमल मानन्धर, विष्णुहरी अधिकारी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button