धर्मशिला बुद्ध विहारमा कात्तिक २५ र २६ गते महान बौद्ध अनुष्ठान महापरित्राण सुत्रपाठ हुने

पोखरा, कात्तिक २१ । धर्मशिला बुद्ध विहार आयोजनामा यही कात्तिक २५ र २६ गते महान बौद्ध अनुष्ठान महापरित्राण सुत्रपाठ हुने भएको छ । ३ दिने कार्यक्रम अन्तर्गत कार्तिक २७ गते महान कठिनन चिवर दान कार्यक्रम हुने धर्मशिला बुद्ध विहारले जनाएको छ ।

पोखरा नदिपुरमा रहेको धर्मशिला बद्ध विहारको आयोजनामा तेस्रो पटक यो महापरित्राण हुन लागेको हो । वि.सं. २०२९ सालमा पहिलो पटक र २०४४ सालमा दोस्रो पटक महापरित्राण भएको थियो। उक्त कार्यक्रमको तयारी स्वरूप ८० वर्ष पुरानो ऐतिहासिक भवन को रङ्गरोगन कार्य सम्पन्न भएको छ ।करिब ३४ वर्ष पश्चात आयोजित यस महापरित्राणमा भगवान बुद्धको पवित्र अस्थिधातुको प्रर्दशन हने बिहारका प्रमुख भिक्षु धज्जवन्तोले जानकारी दिनुभयो।

महा परित्राणको मुख्य उद्देश्य दिवंगत हुनुभएका प्रति गुणानुस्मरण, रोग ब्याधिले ग्रसित प्रति निरोगी सुस्वास्थ र दीर्घायुको कामना, घरमा प्रतिस्थापन नगरिएका बुद्धका मूर्तिको प्रतिस्थापन र निर्माणधिन धर्मशिला बुद्ध विहारको थ्रिडी नक्सा प्रर्दशन रहेको छ।
बिहारले धार्मिक कार्यक्रममा दाताको रुपमा आफ्नो सहभागिताका लागि अनुरोध गरेको छ ।

तस्विर ः भिक्षु धज्जवन्तो फेसबुकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button