नेपाल संवत ११४२ को स्वागतका लागि साइकल र्याली

पोखरा, १९ कात्तिक । नेपाल संवत ११४२ को अवसरमा नेवा खलः कास्कीको आह्वानमा पोखरामा साइकल र्याली हुने भएको छ । नेपाल संवतको पहिलो दिन आज नयाँ वर्षको स्वागतका लागि कार्यक्रम आयोजना गर्न लागिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । र्यालीले पोखराका बिभिन्न क्षेत्र परिक्रमा गर्ने छ । साइकल सिटी र ल्याम्ह पुच कास्कीको आयोजनामा र्याली हुन लागेको हो ।

कोरोनाको जोखिम कायमै रहेकोले यस पटक पनि बृहत भिन्तुना र्याली आयोजना नगरिएको पालिखेले बताउनुभयो । तर बिभिन्न टोलहरुमा स्वतस्फुर्त रुपमा थोरै समुहमा विविध कार्यक्रम गरि नेपाल संवत ११४२ मनाउने कार्यक्रम भने यथावत रहेको पालिखेले जानकारी दिनुभयो ।

आजै बिरेन्द्र स्मृति पार्कमा स्थापना गरिएको राष्ट्रिय विभुति शंखधर साख्वाको शालिक अनावरण गरिने कार्यक्रम रहेको छ । शालिकको पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने कार्यक्रम रहेको पार्क समितीका अध्यक्ष बसन्त कतिलाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button