पोखरामा १४औँ भाइटीका महोत्सव हुने

१९ कात्तिक, पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रबद्र्धनमा महोत्सवले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम टीकाको दिन अपरान्ह् २ बजेर ३० मिनेटमा सुरु गरिने जनाएको छ । विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यस पटक १४औँ भाइटीका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठको भनाइ छ । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button