‘मानवअधिकार रक्षककालागि प्रभावकारी कानून खोइ?’

पोखरा २ असोज

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको अवस्थाका बारेमा छलफल गरेको छ ।

आइतबार पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय छलफलमा बोल्दै गण्डकी प्रदेश सभाका सचिव हरिराज पोरेलले अन्याय र अत्याचारको विरुद्धमा लड्नै व्यक्ति नै मानवअधिकार रक्षक भएकाले उनिहरुको रक्षाका लागि प्रभावकारी कानूनको आवश्यकता औंल्याए ।

सेवा प्रदायकले सेवाग्राहीको नजरबाट हेर्दा समाजका हरेक क्षेत्रमा विकृति र विसंगति व्याप्त रहेको उनको भनाइ थियो । सन् २०२१ को तथ्यांक हेर्दा २ सय जना मानवअधिकार रक्षकमाथि दुव्र्यवहार भएको तथ्यांक प्रस्तुत गर्दे उनले दुव्र्यवहार गर्नेमाथि मुद्दा चलाएपनि मिलापत्रमा नै सिमित हुने गरेको सुनाए ।

गण्डकी प्रदेशका कानून संचार तथा प्रदेश मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले अवस्था बदलिएपनि व्यवस्था भने पुरानै रहेको बताए । पहुँचवालाले सेवा सुविधा लिएपनि सर्वसाधारण नागरिक भने सुविधाबाट बञ्चित हुनुपरेको उनको भनाइ थियो । प्रदेश सरकारले मानवअधिकार शिक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि उनले बताए ।

इन्सेक संयोजक शिव खकुरेलले ‘मानवअधिकार रक्षकहरुको सुरक्षा, अवस्था र चुनौती’ का बिषयमा कार्यपत्र प्रस्तुत गर्दै द्धन्द्धकालको तुलनामा मानवअधिकार रक्षकसामु कम चुनौती देखिएपनि जोखिममा रहेको भन्दै उनिहरुको सुरक्षाका बिषयमा प्रदेश र संघीय सरकारले प्रभावकारी ऐन बनाउनुपर्ने बताए । उनले मानवअधिकार भन्ने वित्तिकै एनजीओ हो भन्ने सरकारी धारणामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिए ।

राजनीतिक अस्थिरता, कानूनी शासनको अभाव जस्ता बिषयले दण्डहिनता मौलाउँदै गएकाले मानवअधिकार शिक्षाकालागि स्थानीय र प्रदेश सरकारलाई बजेट छुटयाउन समेत संयोजक खकुरेलले आग्रह गरे । अधिकारका कुरा गर्दा रक्षकहरुले कर्तव्यलाईपनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

मानवअधिकार पत्रकार संघ (हुर्जा) कास्कीका अध्यक्ष असफल गौतमले ‘पत्रकारको सुरक्षाको अवस्था, चुनौती र सरोकारवालाको भूमिका’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै विधिको शासन र सञ्चारगृह जिम्मेवार भएमात्र पत्रकार सुरक्षित हुने बताए । व्यवस्थाले पत्रकारहरुका लागि धेरै ग्यारेन्टी गरेपनि अवस्था भने मजबुर रहेको सुनाए ।पछिल्लो समय पत्रकारितामा पार्टीकारिता र कपिपेस्ट पत्रकारिता हाबी हुँदै गएकाले स्वतन्त्र र निष्पक्षताको खाँचो औंल्याए । महिला पत्रकारहरुको संख्या न्यून रहेको, गैरपत्रकारको बढ्दो प्रवृत्तिलाई रोक्न आत्मानुशासनको आवश्यकतामा जोड दिनुपर्ने उनको भनाइ छ । कोरोनाकालमा धेरै पत्रकारहरु पेशाबाट नै बञ्चित हुनुपरेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले निर्वाचन तथा अन्य समयमा पत्रकारहरुले समाचार लेखेकै भरमा धम्कीको सामना गर्नुपरेको सुनाए ।कार्यक्रममा नागरिक संवाद केन्द्रकी प्रमुख तथा अधिवक्ता जुना गुरुङ, राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत मोहन काफ्ले, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष इन्द्रकुमारी शर्मा, चिल्ड्«ेन नेपाल पोखराका कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं, गौरसरकारी संस्था महासंघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, इन्सेक अधिकृत सवनम शर्मा, पत्रकार कमल पौडेल लगायले मानवअधिकार रक्षकका बारेमा प्रभावकारी कानून बनाउन माग गर्दै सत्ता र बाहिर रहँदा सरकारले दोहोरो चरित्र देखाउने गरेकाले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button