पोखरा उद्योग वाणिज्य संघ निर्वाचन ः हर्क अधिकारी (मिरज) उपमहासचिवको दावेदार

भाद्र २१, पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिबेनका लागि हर्कबहादुर अधिकारी (मिरज) ले उपमहासचिव पदमा उम्मेदवारी दिनुभएको छ । दुइ कार्यकाल कार्यसमिती सदस्य रहिसक्नुभएका अधिकारीले यस पटक उपमहासचिव पदका लागि उम्मेदवारी दिनुभएको हो ।

कार्यसमिति सदस्यमा रहँदा प्राप्त गरेका ज्ञान, कौशल र अनुभवलाई सार्थक तुल्याउन पदीय जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न उपमहासचिवको उम्मेदवार बनेको अधिकारीले बताउनुभयो । “पोखरा उद्योग वाणिज्य संघको इतिहास आदर्श र लक्ष्यका साथ अगाडि बढेको संस्था हो । संघको इतिहास गर्विलो र दरिलो छ । हिजोको त्यो इतिहासलाई वर्तमानमा रुपान्तरण गर्ने दायित्व निर्वाह गर्न मैले उम्मेदवारी दिएको हुँ ।” अधिकारीले भन्नुभयो ।

उहाँले आफु निर्वाचित भए संघले गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघका सदस्यहरुको हितको संरक्षण र संवद्र्धन गर्न आफ्नो उद्देश्यबाट कतै पनि विचलित नहुने गरि उत्तरदायित्व निर्वाह गर्न अधिकारी कटिबद्ध रहेको बताउनुभयो ।

अधिकारी बिभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा आवद्द रहेका छन् । माउण्ट एभरेष्ट डेभलपर्स प्रा.लि.का प्रबन्ध निर्देशक रहनुभएका उहाँ मिर्लुङ्ग प्रोभिजन स्टोरका प्रोपाइटर, वन्दिपुर केबलकार एण्ड टुरिजम लि.का सञ्चालक, कलश बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार, सिटी वान टेलिभिजनका सचिव रहनुभएको छ । यसैगरि तनहुँ सम्पर्क समाज र युनाइटेड क्लबका आजिवन सदस्य रहनुभएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button