पोखरा उद्योग वाणिज्य संघको निर्वाचन ः सुदिप प्रधानाङ्गको उम्मेदवारी उद्योगी व्यवसायीकै हितका लागि

पोखरा, २१ भाद्र ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिबेशनमा युवा व्यवसायी सुुदिप प्रधानाङ्ग कार्य समिति सदस्य पदका उम्मेदवारी दिएका छन् । भाद्र २४ र २५ गते हुने महाधिबेशनका लागि प्रधानाङ्ग उम्मेदवारी दिएका हुन् ।

यूवा स्वरोजगार र रोजगारीको सृजनाका लागि आफ्नो उम्मेदवारी रहेको प्रधानाङ्गले बताएका छन् । पवन प्रजापती टिममा रहेर कार्यसमिती सदस्यका लागि उम्मेदवार बनेका हुन् । “सबै उद्योगी व्यवसायीको साझा उम्मेदवार रुपमा पवन प्रजापतिको टिममा छु” । प्रधानाङ्गले भने ।

पोखरा हार्डवयर एशोसियसन कास्कीमा समेत आवद्ध सुुदिप प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिबेशनबाट पनि कार्यसमिती सदस्यमा छन् । “पोखरा उद्योग वाणिज्य संघमा रहेर उद्योगी व्यवसायीका विषयमा अझै धेरै बुझ्नु छ । त्यसैले मैले फेरि पनि कार्यसमिती सदस्यमै उम्मेदेवारी दिएको हुँ । नेतृत्व गर्ने इच्छा छ तर त्यसको लागि अनुभवले आफुलाई सक्षम बनाउनु छ ।” प्रधानाङ्गले कार्यसमिती सदस्यमा उम्मेदवारी दोहोर्याउनुको रहस्य खोले ।

पवन प्रजापति टिम उद्योगी व्यवसायीहरुका गुनासो सुन्दै घरदैलो गरिरहेका प्रधानाङ्ग युवा बौद्ध संघ र्धमशिला बुद्ध विहारको अध्यक्ष, लायन्स क्लब अफ पोखरा लेकसिटीका सचिव, बुद्ध जयन्ती समारोह समितीको सचिव भएर काम गरिसकेका छन् । पोखराको सिटी वान टिभीका निर्देशक समेत रहेका प्रधानाङ्ग विरौटा हार्डवयर एण्ड सेनेटरी र श्रेयाङ्स सप्लायर्सका सञ्चालक हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button