बाटोमा हराएको १७ लाख रुपैया फेलापारी सम्बन्धित धनीलाई बुझाईएयो

पोखरा, ७ बैशाख ।

बैंकमा जम्मा गर्न लगिएको रकम विच बाटोमै हराएको २ घण्टामै फेला पारि सम्बन्धितलाई बुझाइएको छ ।
विहिबार १ः३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ मनोहर पवँरले नयाँबजार स्थिते कृषि विकास बैंकमा नगद जम्मा गर्न गएका थिए ।

मोटरसाइकलको लेगार्डमा कालो रंगको झोलाभित्र राखेको नगद सत्र लाख रुपैयाँ उनले विच बाटोमै हराएका थिए । हराएको भन्ने सूचना प्राप्त हुनसाथ तत्कालजिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माको कमाण्डमा र मातहत प्रहरी कार्यालय समेतबाट खटिएको थियो ।

प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारत घर भई हाल जिल्ला कास्की पोखरा वडा नं. ३ पालिखे चोक छोटुलाल शर्माले फेला पारेको थियो । ‘मोटरसाइकलको लेगार्डमा झुन्डाएर बैंकमा जम्मा गर्न बैंकतर्फ जानुभएको रैछ । पैसा हराएपछि प्रहरी कहाँ आउनुभयो । खबर पाएपछि तुरुन्त हामीहरु फिल्डमा खटियौं र सिसी टिभी फुटेज हेर्दै जाँदा एक जना व्यक्तिले भेटेको देखियो । उहाँलाई पछ्याउँदै उहाँको पसलमा पुग्यौं सोधपुछ गर्दा पैसा पाउन सफल भयौं,’ कास्की प्रहरीका एसपी मोहन थापाले भन्नुभयो ।

उक्त रकम छोटुलाल शर्माकै रोहबरमा माता श्री ज्वैलर्सका संचालक ध्रुव कुमार सुनारलाई बुझाइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button