पोखराको पुम्दीकोटमा निर्माण भएको बिशाल महादेवको मुर्ति अवलोकन गर्न पर्यटकको भिड्, दैनिक ३ हजार पर्यटक पुम्दीकोटमा

डि.एन.बी., पोखरा ३१, असोज । पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निमार्णाधिन अबस्थामा रहेको बिशाल महादेवको मुर्तिको अवलोकन गर्न यति वेला पर्यटकको भिड् नै लाग्न थालेको छ । नेपालीहरुको महान चार्ड दशैं पर्वको अवसरमा आन्तरिक पर्यटकहरुको यति वेला पुम्दीकोटमा बिशाल महादेवको मुर्ति अवलोकन गर्न भिड नै भएको बिशाल महादेव मुर्ती निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

सार्वजनिक विदा र दशैं पर्वको अवसरमा हिजोआज दैनिक जसो करिब ३ हजार भन्दा बढी पर्यटकहरु पुम्दीकोटमा बिशाल महादेवको मुर्ति अवलोकन गर्न पुग्ने गरेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष समेत रहेका संयोजक बरालले दाबी गरे । उनले भने“ हामीले निर्माण गर्न लागेको विशाल महादेवको मुर्ति मात्र हाल जडान गरेका छौं त्यही मुर्ति अवलोकन गर्न हाल हजारौं पर्यटक जान थालेका छन, पुम्दीकोट जाने हाल बाटोको अबस्था कठिन भएकोले गर्दा सधै जसो पाहुनाको भनाई सुन्नु पर्छ । ”

सिंहआसनमा बसेको ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति जडान भएसंगै त्यहाँ पुगेर सामाजिक सञ्जालमा फेसवुकमा, टिकटक बनाउन समेत युवाहरुको बढी भिडभाड हुने गरेको अध्यक्ष बरालले जनाए । प्रायः गरी पोखरा र पोखरा आसपासका पर्यटकहरुको पुम्दीकोटमा आगमन सुरु भएको छ भने फाट्य फुट्य रुपमा नेपालका विभिन्न जिल्ला हुदै भारतिय पर्यटकहरु समेत पुम्दीकोट पुग्न थालेका छन्। ४० करोडको उक्त योजनामा हालसम्म करिब २० करोड रुपैया खर्च भएको अध्यक्ष बरालले बताए । ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क लगायतका भौतिक संरचना निर्माण हुने भएको छ ।

केही दिन देखि मौसमले साथ दिएको हुनाले पनि पुम्दीकोटबाट माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमश्रृखला देखिनुका साथै उक्त स्थानबाट पोखराको बजार फेवाताल लगायतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो समयमा पुम्दीकोटको बिशाल महादेवको मुर्ति परिसरमा पुगेर टिकटक बनाउनेहरुको छुट्टै भिड भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button