पोउवासंघको अधिबेशन ः व्यवसायीको सुभेच्छा बटुल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार गोकर्ण कार्की

पोखरा, भदौ १४ । पोखरा उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की उम्मेदवार बन्ने भएका छन्। आसन्न ३४ औं महाधिवेशनमा पवन प्रजापति प्यानलबाट कार्की बरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् ।

कार्की अहिले संघमा उद्योग तर्फको उपाध्यक्ष हुन् । उहाँ व्यावसायिक रुपमा विनित मेटल उद्योग, दि अन्नपूर्ण भिलेज हाउजिंग प्रालि, बाराही बेकरी प्रालि, एवान ब्लक उद्योगमा आवद्ध हुनुहुन्छ । सामाजिक रुपमा पनि उत्तिकै सक्रिय कार्की कालिका बहुमुखी क्याम्पसको व्यवस्थापन समिती सदस्य, लायन्स क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पोखरा १८ का पूर्व इकाइ सभापति, बात्सायायन बृद्धाश्रमका संस्थापक अध्यक्ष, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार, पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसिएसनका सल्लाहकार, गण्डकी ट्याक्टर तथा मिनी ट्रक यातायात प्रालिका प्रमुख सल्लाहकार हुन् ।

२०५४ / ५५ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रुपमा प्रबेश गरेका कार्कीले दुइ कार्यकाल नै उद्योग तर्फको उपाध्यक्ष बनिसकेका छन् । यसका अलावा पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने औद्योगिक व्यापार मेलाको विभिन्न उपसमितीमा रहेर का गरिसकेका छन् । पवन प्रजापति प्यानलबाट घरदैलो कार्यक्रम अन्र्तगत व्यावसायी भेटघाट गरिरहेका कार्कीले व्यवसायीबाट पाएको प्रतिकृया र शुभेच्छाले मत पाउने कुरामा विश्वस्त छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलबीच भिडन्त हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button