पवन प्रजापती टिमको विकल्प छैन : व्यवसायी

भदौ १३ । पोखरा उद्योग वाणिज्य संघको चुनानी सरगर्मी वढेसँगै पवन प्रजापतीको समुहले आज अम्मरसिंह चोक, राम वजार, वुद्धचोक आसपासका स्थानमा घरदैलो गरेका छन् । घर दैलो अभियानमा सहभागि स्थानिय व्यवसायीहरुले अवको संघको नेतृत्वमा पवन प्रजापतीको विकल्प नभएको धारणा राखे । उनिहरुले पवन प्रजापतीको टिम समावेसी, अनुभवी र समझदार टिम भएकाले यसपालि संघको खस्कदो अवस्थालाई उकास्ने टिम भएको भन्दै अग्रिम शुभकामना समेत दिए ।

घरदैलो अभियानमा अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले सवै महिला व्यवसायी सवै महिला उद्यमी भन्दै घरघरमा तीजको शुभकामना सँगै भोट अभियान संचालन गरेको धारणा राख्नुभयो । उहाले संघमा महिला सदस्यको संख्या वृद्धि र उद्यमशिलतालाई केन्द्रमा राख्ने पनि घरदैलो अभियानमा प्रतिवद्धता जनाउनुभयो ।

घरदैलो अभियानमा रहेकी उपमहासचिवकी प्रत्यासी सोभा गौतमले महिलाहरुको महान चाड तीजले छोपेपनि आफुलाइ भने उद्योगी व्यवसायीको समस्या र त्यसको समाधानका लागि लाग्ने वेला भएको धारणा राख्नुभयो । उहाले भन्नुभयो–“ महिला भएका नाताले मलाई पनि तीज आएको छ तर म घरदैलोमा प्रत्येक घरमा तीज मनाउँदै शुभकामना र आर्शिवाद लिदै हिडेकी छु यो नै मेरालाई तीज भन्दा महत्वपूर्ण छ ।”

व्यावसायिक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धि हाम्रो पहिलो प्राथमिकता भन्ने पहिलो प्रतिवद्धता सहित विभिन्न पेशा र व्यवसायीहरुका सामुहिक समस्या, अवसरको व्यवस्थापन र खोज सहितका १७ वटा प्रतिवद्धता लिएर पवन प्रजापती समुह चुनावी मैदाना उत्रिएको छ ।

प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, र सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button