लायन्स पिस होमको तीज कार्यक्रम कोपिला नेपालमा

भाद्र १३, पोखरा । लायन्स क्लब अफ पोखरा पिस होमको तीज फेलोसिप कार्यक्रम सम्पन्न भएको छ । पोखरामा रहेको कोपिला नेपालमा आश्रित महिलाहरुका साथ तीजको दर खुवाउने कार्यक्रम गरि तीज फेलोसिप कार्यक्रम गरिएको क्लबका कोषाध्यक्ष अन्जु मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ प का प्रथम भाइस गर्भनर सुचित्रा थापाले यस्ता खालका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रबाह गर्ने बताउनुभयो । उहाँले तीजलाई सुसंस्कृत तरिका मनाउदै लायन्स क्लबले सामाजिक सन्देश दिनुपर्ने कुरामा जोड दिनुभयो । कोपिला नेपालका प्रबन्ध निर्देशक विना सिलवालले यस्ता कार्यक्रमले संस्कृति जगेर्नामा टेवा पुग्नुका साथै उर्जा मिल्ने बताउनुभयो ।

फेलोसिप कार्यक्रममा क्लबको तर्फबाट कोपिला नेपालमा आश्रितका लागि सौभाग्य सामाग्री, कपडा, तन्ना लगायत बिभिन्न सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा रिजन चियरपर्सन वविता पराजुली, कार्यक्रम संयोजक सरिता दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button