नेपालीपन हराउदै गएमा राष्ट्रियतामा समेत खतरा हुन्छः मन्त्री बराल

सराङकोटमा प्रथम तिज मेला सुरु

पोखरा १२, भदौं । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गएमा राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताउनु भएको छ । सराङकोटमा आइतबार देखि सुरु भएको प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रिय भनेको भूगोल मात्र नभई संस्कृतिसंग समेत जोडिएकोले कुनै देशको संस्कृति हराउदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने भएको बताउनु भएको हो ।

नेपालीपन र नेपाली संस्कृति हराएमा नेपालको राष्ट्रियता हराउने उहाँको दाबी थियो । तिजले नेपाली भाषा, समाजको सथार्थता छर्रलङग पार्न सक्नुपर्ने बताउदै मन्त्री बरालले समाजको ऐन तिज गितमा झल्कनुपर्नेमा जोड दिनु भयो । इतिहास हेर्दा कृषि पर्वको रुपमा तिज पर्वलाई मनाउदै आएको मन्त्री बरालको भनाई छ ।

नेपाली संस्कृतिलाई हामीले संरक्षण गर्नुपर्ने बताउदै मन्त्री बरालले पछिल्लो समयमा तिजमा विकृति बढ्दै गएको दाबी गर्नु भयो । तिजमा हुने गरेको विकृतिलाई अन्त्य गर्न नसके तिज नेपाली परम्पराको पर्व नभई अन्य कसैको पर्वको रुपमा हुन सक्ने खतरा रहेको उहाँको भनाई थियो । एक महिना देखि विभिन्न वहानामा दरखादै हिड्नु, विभिन्न प्रकारका नृत्य प्रर्दशन गर्नु कति उचित हो, के हाम्रो यस्तै संस्कृति हो भनी मन्त्री बरालले प्रति प्रश्न गर्नु भयो । अधिकार प्राप्तिसंगै आम नागरिकहरुलाई अब कर्तव्य पालना गराउन उत्प्रेरणा जगाउनु पर्ने समय आएको उहाँको भनाई थियो । निर्वाचनका वेला सराङकोटमा पिउने पानीको व्यबस्था मिलाउन प्रयास गर्छु भनेकोमा हाल करिब ९५ प्रतिशत खानेपानीको व्यबस्था भएको मन्त्री बरालको दाबी थियो । नेपाली कागेंसकी नेतृ शारदा पौडेलले सराङकोटबासीलाई विकास र समृद्धिको लागि एक हुन आग्रह गर्नु भयो ।

मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा १८ का अध्यक्ष शिव तिमिल्सिना, राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, कागेंस नेता डिल्लिराम तिमिल्सिना, नेकपा माओबादी केन्द्रका नेता राजु शर्मा तिमिल्सिना, पुर्णाखर तिमिल्सिना, नेकपा एकिकृत समाजबादीका नेता गंगाधर तिमिल्सिना, मञ्चका पूर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना जोशी लगायतले वोल्नु भएको थियो ।

सराङकोटको अन्नपूर्ण सामुदायिक विकास मञ्च, महिला साना किसान कृषि सहकारी, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब अफ पोखरा सराङकोटको संयुक्त आयोजनामा उक्त मेला भदौं १४ गतेसम्म संचालन हुने भएको बलराम तिमिल्सिनाले बताए । तिज गित प्रतियोगिताको विजेतालाई ६६ हजार ६ सय ६६, उपविजेतालाई ३३ हजार ३ सय ३३ र तेश्रो हुनेलाई २२ हजार २ सय २२ रुपैया प्रदान गरिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button