घान्द्रुकमा जीप दुर्घटना, आठ जनाको घटनास्थलमै मृत्यु

पोखरा, २५ असोज

पर्यटकीय गाउँ घान्द्रुकमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको स्थानिय सन्दीप गुरूडं जानकारी दिए  ।

जीप चालक खुशीमान क्षेत्री सहित ९ जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर बिच बाटोबाट तल्लो बाटोमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । – तस्विर:  अमृत गुरुङको फेसबुकबाट साभार

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button