साफ च्याम्पियनसिप नेपालको सानदार जित, अंक तालिकाको शिर्ष स्थानमा

काठमाडौं, असोज १९ । – साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३(२ गोल अन्तरले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा लगातार दोस्रो जित हासिल गरेको हो ।

पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोलअन्तर घटाएका थिए ।

३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र बाट गोल गरेका थिए ।

५२ औं मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

सोमबारको पहिलो खेलमा बंगलादेशले उपाधिको दावेदार भारतलाई बराबरीमा रोकेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १(१ को बराबरीमा रोकेको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button