रोजगारदाताहरुसगँ श्रम ऐन, लैङ्गिक समनता र मर्यादित कामको बारेमा अन्तरत्रिया कार्यक्रम सम्पन्न

अशोज १४ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र राईट फर चिल्ड्ेनको पोखरामा युवा महिला रोजगार प्रवद्दन परियोजनाको आयोजनामा गते रोजगारदाताहरुसगँ श्रम ऐन, लैङ्गिक समनता र मर्यादित कामको बारेमा अन्तरत्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा २२ जना रोजगारदाताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पोखका पर्यटन व्यवसायिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सस्था र परियोजनाका काम निजि क्षेत्रको कार्यस्थलका कर्मचारीहरुका लागी कानुनमा व्यवस्था गएिका नितिहरु र तिनको कार्यन्यनको लागी गर्न सकिने प्रयासको बारेमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमको प्रशिक्षण कानुनविद अर्चना शिवकोटीले दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण राईट फर चिल्ड्ेनकि संरक्षण अधिकृत निकिता कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालबाट पोखरामा युवा महिला रोजगार प्रवद्दन परियोजनाको कार्यक्रम सयोंजक निर्मला मैनालीको सहभागिता रहेको थियो । उहाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा  सहभागिहरुको मध्ये पुस्पन्दन एकेडेमीका शिवलाल रिमाल भन्नुहुन्छ नेपाली समाजमा महिलाहरुलाइ कानुनले नै विभेद गरेको छ किनकि हरेक क्षेत्रमा महिला सहभागिता जम्मा ३३ प्रतिशत मात्र भन्ने गरिन्छ जबकि जनसङ्गख्गाको आधा भन्दा बढि जनसड्डख्या महिलाको ओगटेको छ भने किन ५० प्रतिशत महिला सहभागिता नमाग्ने त ? कार्यक्रममा प्रशिक्षक अर्चना शिवाकोटीले नेपालमा महिलाहरुको वर्तमान अवस्था, परिवर्तनको आवश्यकता, पर्यटन क्षेत्रमा महिलाहरुको अवस्था, महिलाहरुले रोजगारका क्षेत्रमा सामना गनुपरिरहेका चुनौतिहरु, महिलाहरुलाइ कसरी प्रवद्दन गर्न सकिन्छ र मर्यादित कामको आवश्यकता जस्ता विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

रोजगार सम्बन्धि कानुनी प्रावधानहरुमा छलफल गर्ने क्रममा सहगागिहरुका तर्फबाट हामी कतिपय उच्च स्तरका होटलहरुले कोराना भाइरसको महामारी सगैँ भएको लकडाउनको अवस्थामा समेत कर्मचारीहरुका लागी ५० प्रतिशत तलव उपलब्ध गराएका थियौ हामीसगँ भएका कर्मचारीहरुलाइ हटाउनको विकल्पमा सुची बनाएर पालो पालो काममा आउने व्यवस्था गरेका छौ भन्ने प्रतिक्रिया आएको थियो । सगँ सगँै आगामी दिनमा कार्यस्थलमा महिला कर्मचारीहरुको सेवा र सुरक्षालाई मध्यनजर गर्दै श्रम ऐन, लैङ्गिक समनता र मर्यादित कामको नितिहरुलाइ अवलम्बन गर्दै जानेछौ भन्ने कुरामा एक्यवद्धता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button