पोखरा २८ मा सामाजिक सुरक्षा सचेतना एवं अभिमुखिकरण कार्यक्रम

लेखनाथ, ७ भदौ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौरेमा सामाजिक सुरक्षा सचेतना एवं अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

शान्तिका लागि साझा अभियान ( कोक्याप) गण्डकी प्रदेशले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले कार्यक्रममा सिकेका कुराहरुलाई आफ्नो टोल , गाउँ छरछिमेकमा व्यवहारमा लागु गर्न आग्रह गरे ।

वडावासीहरु सामाजिक सुरक्षा,मानव अधिकार लगाएत विषयमा सचेत हुनु जरुरी रहेको बताउँदै सहयोगी संस्थाहरुले गर्ने विभिन्न कार्यक्रमहरुमा स्थानिय स्थानिय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी वडा नं.२८ वडा सदस्य डाल्डा देवी भुजेलले कोक्याप अति नै सहयोगी संस्था भएको र यसले गरेका कार्यहरुको प्रशंसा गर्दै सिंगो वडालाई नै अगाडि लैजान सक्ने संस्था भएको बताइन् । कोक्यापले सन्चालन गरेका कार्यक्रमहरुबाट आफू अति नै प्रभावित भएको बताउँदै आगामी दिनमा यसले गर्ने विभिन्न कार्यक्रमहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।

यसै गरी रािष्ट्रय मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले राज्यले ल्याएका निति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्न स्थानिय तहमा सबै नागरीकले कर्तव्य सहित अधिकारको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सहजकर्ता खनालले मानव अधिकारका विषयबस्तुहरु ,राज्यले ल्याएका सामाजिक सुरक्षा अवधारणा, संविधानले प्रत्याभुति गरेका नागरीले पाउनु पर्ने आधारभुत मौलिक अधिकार लगाएतका विविध विषमा सहजीकरण गर्दै कानूनको दुष्टिमा कसैलाई पनि जात, धर्म, लिंगको आधारमा विभेद गर्न नहुने बताउँदै मानवलाई मानविय व्यवहार गर्नु पर्ने बताए ।

सहभागीको तर्फबाट रत्नशोभा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेले कार्यक्रम अति नै उपयोगी भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरुले समग्र वडा वासीलाई अझै सचेत बनाउने बताए ।

कोक्याप गण्डकी प्रदेश संयोजक सरु अधिकारीले कोक्यापको वारेमा चर्चा गर्दै यसले सरकारी तथा गैह्सरकारी संस्थाहरुसँग समन्वय गरी नेपाल भरी नै सामाजिक सुरक्षाका विविध कार्यक्रमहरु गर्दैै नागरिकलाई सचेत बनाउँदै आएको जानकारी दिइन् । विद्यालयका प्रतिनिधिहरु,सामाजिक अभियन्ता, जेष्ठ नागरीक, स्वास्थ्य स्वयंसेविका, युवा क्लबका प्रतिनिधि लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन कोक्याप गण्डकी प्रदेशका फोकल पर्सन सुशीला नेपालीले गरेको कुरा माझठाना स्वास्थ्य चौकीका प्रमुख विलास चन्द्र पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button