पोउवा संघद्धारा लेउवा संघको नवनिर्वाचित टिमलाई बधाई सहकार्यको प्रतिवद्धता

पोखरा,११ असोज । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयसहित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको कामना गरेको छ ।

छिमेकी उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई दिने उपक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले साझा एजेण्डा बनाउँदै दुबै उद्योग वाणिज्य संघ निजी क्षेत्रको अधिकारको लागि सशक्त रुपले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई मर्का पर्दा संघहरुले उनीहको संरक्षण गर्नुपर्ने धारणा पनि राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरिले पोखराको आर्थिक र भौतिक विकासको लागि दुबै उद्योग वाणिज्य संघहरुले पहल गर्नुपर्ने बताए । उनले महासंघबाट आउने कार्यक्रममा सहकार्य गर्न पनि दुबै संघलाई सुझाए ।

लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य चन्द्रकृष्ण कर्माचार्यले २०५४ साल असार २० गते लेखनाथ उद्योग वाणिज्य संघ स्थापनाको स्मरण गर्दै व्यवसायीकै हितको लागि संघ गठन भएको बताए । दुबै उद्योग वाणिज्य संघको सहकार्यले मात्र पोखराले समृद्धि प्राप्त गर्ने उनको धारणा थियो ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सल्लाहकार दीपक श्रेष्ठले दुबै उद्योग वाणिज्य संघले व्यवसायीलाई हित हुने अभियानमा सहकार्य गर्नुपर्ने बताए । उनले निजी क्षेत्रको एउटै आवाज नभए कमजोर भइन्छ भन्ने मनन गर्न पनि सुझाए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले लेखनाथको नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रको एजेण्डालाई स्थापित गर्न सहकार्य हुनैपर्नेमा जोड दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयले पोखरा उद्योग वाणिज्य संघले देखाएको सद्भावप्रति कृतज्ञता ज्ञापन गर्दै सहकार्यको अटुट परम्परालाई अझ उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा संचालित कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले संघहरुको आर्थिक अवस्था सुदृढ बनाउन र सदस्यहरुको हितमा काम गर्न सहकार्य जरुरी रहेको बताए । सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हालै नेपाली कांग्रेस पोखरा नगर समितिमा निर्वाचित भएका संघकै महासचिव सुरेन्द्रमान विजुक्छेलाई पनि बधाई ज्ञापन गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button