क्ल्व हाउस मार्फत संकलित रकम हस्तान्त्रण

असोज १० पोखरा । क्लव हाउसमार्फत संकलित रकम छुट्टा–छुट्टै कार्यक्रम गरि उस्मान अलि फाउण्डेसन र एक मृर्गौल पिडितलाई हस्तान्त्रण गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच क्लव हाउसमा आवद्ध प्रयोगकर्ताहरुबाट संकलित रकम तनहुँको शुक्लागण्डकी–५ गल्छीनाकी मृर्गौैला पिडित अनिता सुबेदी र उस्मान अलि फाउण्डेसनलाई हस्तान्त्रण गरिएको हो ।

तनहुँकी अमिसा घिमिरे लगायतले क्लव हाउसमार्फत उस्मान अलिको सहयोगार्थ संकलित एक लाख ३ हजार रुपैयाँबाट फाउण्डेसनलाई पचास हजार र विगत ४ वर्षदेखि मृर्गौला सम्बन्धी समस्या भई नियमित डायलिस गरिरहेकी सुबेदीलाई ५३ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्त्रण गरिएको घिमिरेले जानकारी दिइन् ।

स्पाइनल मस्कुलर एट्रोफि एसएमए टाइप वान (नसासम्बन्धी जटिल समस्याका) कारण ग्रसित उस्मान अलिको उपाचार्थ क्लव हाउसमा थालिएको अभियानमा संकलन भएको रकम उस्मान अलि फाउण्डेसन र सुबेदीलाई हस्तान्त्रण गरिएको हो ।
३ महिनाबाट स्वास्थ्यमा गम्भीर समस्या आई ९ महिनाको उमेरमा उस्मानको गत भदौ २६ गते उपचारका क्रममा निधन भएको थियो । जटिल प्रकारको रोगका कारण निधन भएका उस्मानको स्मृतिमा उनको परिवारले उस्मान अलि प्रतिष्ठान स्थापना गरेका छन् । उक्त रकम फाउण्डेसनका सह–सचिव समि उल्ला मियालाई अभियानकातर्फबाट घिमिरे सहित रमेश अधिकारी, लक्ष्मण पौडेल, लक्ष्मी पौडेल, बन्दना खनाल, प्रमिस श्रेष्ठ लगायतको समूहले हस्तान्त्रण गरेका हुन् ।

घिमिरेले भनिन्, ‘उस्मान अलि बाबुको उपाचारार्थ हामीले क्लव हाउसबाट संकलन गरेको रकम फाउण्डेसन र मृर्गौलासम्बन्धी समस्या भई उपचार अभावमा बस्न बाध्य हुनुभएको अनिता सुबेदीलाई उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँहरुलाई सहयोग गरेका हौं ।’ उनले यो अभियानमा सहयोग गर्ने सबैपति कृज्ञाता समेत व्यक्त गरिन् ।
सहयोग रकम ग्रहण गर्दै प्रतिष्ठानका सह–सचिव मियाले उस्मानको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले आर्थिक अभावकै कारण उपचार अभावमा अकाल मृत्यु वरण गर्न बाध्य विरामीहरुको सहयोगका लागि पहल गर्ने उद्देश्य राखेको बताए । उनले क्लव हाउस लगायत समाजिक सञ्जालमार्फत जोडिएर सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा फाउण्डेसन सबैसंग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै विगत ४ वर्षदेखि मृर्गौलामा समस्या आई नियमित डायलिस गर्दै आएकी सोही स्थानकी अनिता सुबेदीलाई पनि सो टोलीले सहयोग गरेको क्लव हाउसको हाम्रो घर समूहका गु्रप क्रियटर रमेश अधिकारीले बताए । उनले भने, ‘समाजिक सञ्जाल मार्फत जोडिएर सेवाको क्षेत्रमा सहयोग गर्न पाउनु ठूलो कुरा हो हामीले गरेको सानो सहयोगलेनै कसैको जीवन जोगाउन सकिन्छ भने त्यो भन्दा पूण्यको काम अरु हुँदैन् ।’

पारिवारीक अवस्था निकै कमजोर भएकी सुबेदीले उक्त सहयोगबाट एक महिनाको उपचार खर्चको जोहो भएको बताइन् । उनले भनिन्, ‘मलाई नियमित डायलिस गराउन पर्छ, भएको जायजेथा बेचेर उपचार गरियो, अहिले सबै सकियो ।’ ‘रुदै भनिन् अलिअलि आमाले गर्नुुहुन्थ्यो आमापनि नसासम्बन्धी समस्याले थला पर्नु भयो ।’ भाइपनि अपाङ्ग छ, घरमा आर्जन गर्ने कोही छैन भएका आफन्तपनि टाढिए, केही बोल्दैन्, अहिले आफ्न्त पर्नेको घरमा बस्दै आएका छौं ।’

उमेरले भर्खर ३१ वर्ष टेक्दै गरेकी सुबेदीले उपचारका लागि सहयोगको याचना गर्र्दै रोगमुक्त भई पूरानै दैनिकीमा फर्किन मन लागेको सुनाइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button