दिनदिनै घट्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ७ भदौ । दिनदिन सुनचाँदीको भाउमा गिरावट भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ अँझै ओरालो लागेको छ ।

छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुनमा रुपैयाँ २०० ले गिरावट भई तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन सेतो चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी तोलाको १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button