पवन प्रजापतिद्वारा पोउवाको ३४ औं महधिवेशनमा पदाधिकारीको टिमसहित उम्मेदवारी घोषणा

पोखरा, ६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासि पवन प्रजापतिले आफ्नो आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रजापतिले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन ।

भाद्र २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशनबाट २ वर्षको कार्यकालको लागि म नेतृत्व गर्न सक्षम रहेको जानकारी गराउँछु । प्रजापतिले भने, कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र परिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव बटुलेको छु । मलाई संघका लाग्दाको अनुभवले कुनै पनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकाएको छ । यसमा अन्यथा मान्नुपर्ने केहि छैन ।

म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो टीममा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं ।

सो अवसरमा प्रजापतिले सदस्यहरुको केहि दिनमै टुंगो लगाउने गरी पहिले पदाधिकारीको टुंगो लगाएको बताए । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कि, उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेको बताए । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला रहेको बताए ।

अध्यक्षका प्रत्यासि प्रजापतिले १४ बुँदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । व्यावसायीक वातावरण निर्माण र उद्योगी। व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा राखेको बताए ।

उनले व्यावसायीक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सनमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवस्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, वजारीकरण र प्रवर्धनमा सघाउने बताए ।

सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य लिईएको बताए । राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा र्पथक किसिमले गर्नका लागि सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button