लेउवा संघका विजयी टिमलाई उप बिजेताको सम्मान

लेखनाथ,८ असोज। लेखनाथ उद्योग बाणिज्य संघको २५ औं बार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट बिजयी टिमलाई निर्वाचनमा उप विजेता भएको समुहले बधाई तथा सम्मान गरेको छ ।

निर्वाचन प्रतिनिधी चयन गर्ने एउटा प्रक्रिया मात्र भएकाले जो बिजयी र उप विजेता भएपनि हामीहरु एक ठाउमा छौं भन्ने शन्देस दिनका लागि राखिएको कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले संघको गरिमालाई उच्च राख्न मिलेर अगाडी वढ्ने प्रतिवद्धता जाहेर गरिएको थियो ।

संघको सभाकक्षमा भएको कार्यक्रममा बोल्दै नव निब निर्वाचित अध्यक्ष छत्रधर आत्रेयले यो वर्षलाई संघले रजत वर्षका रुपमा मनाउन लागेकाले सवैको साथ र सहयोगको अपेक्ष्या गर्दै आफनो स्वार्थ भन्दा पनि कर्तब्य निष्ठ भएर ब्यवसायीहरुको हक हितका सवालमा गरिएका प्रतिवद्धतालाई पुरा गर्ने अभियानमा रहने बताउनु भएको थियो ।

सोही अवसरमा निर्वतमान अध्यक्ष बलराम ढकालले संघले गरेका गतिविधी र आगामी दिनमा गर्नु पर्ने कामका बारेमा सवैसगँ हालेमालो गरेर अगाडी वढ्न सके संघको गरिमा अझ माथी उठ्न सक्ने बताउनु भएको थियो ।

उप विजेता समुहका संयोजक धिरज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमितिका सदस्य रञ्जना बराल,ईन्दिरा रोका, बरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी भरतकुमार अधिकारी,महासचिव पदका प्रत्यासी उमेदवार मेनाका श्रेष्ठ,सदस्य पदका प्रत्यासी एल पी ढुगाना,निर्मल पौडेल लगाएतले निर्वाचनमा पराजित नभएको भई ब्यवसायीका माझ अझ बढि काम गर्नु पर्ने प्रेरणा दिएको बताएका थिए ।

सदस्य पदका प्रत्यासी उमेदवार राधाकृष्ण अधिकारीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष पदका उमेदवार भिमवहादुर नेपालीले धन्यवाद ज्ञापन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button